8 months ago
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी तेस्रो जितकासाथ प्ले अफमा प्रवेश गर्न सफल भएको छ।
ललितपुरले लिगको पुछारमा रहेको बुटवल लुम्बिनी एफसीलाई २-० ले हरायो। ललितपुर प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ।
ललितपुरको जितमा अनन्त तामाङ र सन्तोष खत्रीले गोल गरे। दशरथ रंगशालामा भएको खेलमा लिग चरणबाट बाहिरिसकेको बुटवल विरुद्ध ललितपुरले खेल अवधिभर दबाब बनायो।
खेलको आठौं मिनेटमा पापा इबाउ केबेले बक्सभित्रबाट हानेको एक्रोबेटिक सट बारमा लागेर फर्कियो। रिबाउन्डमा सन्तोषको प्रहार पनि बारमा नै लागेर फर्कियो।
१४ औं मिनेटमा पापा इबाउको पासमा इमोह इजेकियलको प्रहारलाई बुटवलका गोलरक्षक दीप कार्कीले पन्च गरेर बचाए। प्राप्त कर्नरमा मणि कुमार लामाको कर्नरमा केर्भेन्स बरल्फोर्टको प्रहार क्रस बार माथिबाट बाहिरियो।
केहि मौका गुमाएको ललितपुरले २३ औं मिनेटमा भने गोल गर्यो। मणिको कर्नरमा राष्ट्रिय टोलीका डिफेन्डर अनन्तको हेडरले जाली चुम्यो। ललितपुरले १-० को अग्रता बनायो।
१-० ले पछि परेको लुम्बिनीले २६ औं मिनेटमा बराबरी गोल फर्काउने मौका गुमायो। प्रदीप लामाको लेफ्ट फुटेट सटलाई ललितपुरका गोल रक्षक समित श्रेष्ठले डाइभ गर्दै बचाए।
३१ औं मिनेटमा लुम्बिनीले अर्को मौका गुमायो। फिलिपाको लङ क्रसमा केन्टा हाराले दोस्रो बारमा हानेको हेडर पोष्टमा लागेर फर्कियो। सो बललाई गोल रक्षक समितले रोके।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा लुम्बिनीले गोल गर्ने राम्रो अवसर खेल फाल्यो। कप्तान एरिक बिष्टको क्रसमा सरोज तामाङले बललाई कन्ट्रोल गर्दै डिफेन्डरलाई छल्लाएर हानेको प्रहारलाई ललितपुरका गोलरक्षक समितले उत्कृष्ट बचावट गरे।
५१ औं मिनेटमा ललितपुरले अग्रता दुगुना बनाउने मौका खेर फाल्यो। पापा इबाउको लङ पासमा इमोह इजाकियलले गोलरक्षक दीपलाई बिट गरेर हानेको प्रहार बाहिरियो।
८० औं मिनेटमा इमोहको प्रहारलाई गोल रक्षक दीपले बचाए। रिबाउन्डमा पापा इबाउले दिएको बलमस सन्तोष को प्रहारले सही दिशा लिन सकेन । तर यसपपछि खेल सकिन २ मिनेट बाकी छँदा ललितपुरले दोस्रो गोल गर्यो।
इमोहको पासमा सन्तोषले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै बक्सको एजबाट हानेको पावरफुल सट सुन्दर गोलमा परिणत भयो। ललितपुरले बुटवललाई २-० ले माथ दियो।
अपराजित ललितपुरले ५ खेलमा ३ जित र दुई बराबरीको नतिजामा ११ अंक बनाएको छ। लिगको शीर्षस्थानमा उक्लन पनि सफल भएको छ। अब ललितपुरले लिग चरणको अन्तिम खेलमा झापासँग खेल्नेछ।
लिगको पुछारमा रहेको बुटवलले पाँचौं खेलमा पनि जित निकाल्न सकेन्। एक बराबरी र ४ हारमा बुटवलले मात्र १ अंक बनाएको छ।
आजै भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]