8 months ago
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पुरानो खेल मध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नेतृत्वमा सुन्दर नरसिंह जोशीले निरन्तरता पाएका छन् ।
एनआरटीको शनिवार भएको नयाँ कार्यसमितिको निर्वाचिनमा जोशीले किशोर भट्टराइलाई पराजित गरे । जोशी तेस्रो कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् ।
११ सदस्यीय कार्यसमितिमा नवीन सुवाल उपाध्यक्षमा निर्वाचित भए । उनको प्रतिस्पर्धी गौतमबहादुर मालाकार थिए । सुवाल पछिल्लो कार्यसमितिमा पनि उपाध्यक्ष थिए ।
महासचिवमा सतिश कृष्ण श्रेष्ठ निर्वाचत भए ।महासचिवमा डिकेन सुवालले पनि उम्मेदवारी दिएका थिए । सुरेन्द्र कुमार श्रेष्ठ सचिवमा निर्विरोध बने । कोषाध्यक्षमा अनुज सिंह प्रधानले नै निरन्तरता पाए । किरण शम्शेर राणालाई हराएका हुन् ।
सदस्यमा सुनिलभक्त जोशी, अमर श्रेष्ठ, मुरारी केसी, श्याम माली, अगम मान गुभाजु र राजेन्द्र शाक्य चयन भएका छन् ।
यसअघि त्रिपुरेश्वरस्थित बोगनभिल्ला ब्यान्केटमा भएको साधारण सभामा वार्षिक प्रतिवेदने वार्षिक कार्यक्रम तथा गतविधि तथा वार्षिक बजेट पारित गरिएको थियो ।
विसं १९९१ स्थापना भएको एनआरटी सहिद स्मारक ए डिभिजन लिगको पूर्व विजेता पनि हो।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]