default_image

8 months ago

April 12, 2025

म्यानचेस्टर सिटीको जित

283 views

0 Bookmark

एजेन्सी – केभिन डि ब्रुइनले उच्च प्रदर्शन गरेको प्रिमियर लिगको खेलमा‌ म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-२ ले पराजित गरेको छ ।

गत साता सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका सिटीका कप्तान डि ब्रुइनले एक गोल र एक असिस्ट गर्दै टोलीको च्याम्पियन्स लिगको आशालाई जीवित पारे ।

एबेरेची एज र क्रिस रिचार्ड्सका गोलमा प्यालेसले २१ मिनेटमा नै २-० को अग्रता बनायो। त्यसपछि डि ब्रुइनले‌ ३३ र ओमार मर्मुशले ३६ औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमा २-२ को बराबरीमा बनायो।

दोस्रो हाफमा ३ गोल गर्दै सिटीले सहज जित निकाल्यो ।
४७’ माटेओ कोभासिचले ४७ औं, जेम्स म्याकाटी ५५ औं र ७९ निको ओ’राइलीले ७९ औं मिनेटमा गोल गरे।

योसँगै प्यालेसको लगातार ११ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। ३२ खेलमा चौथो स्थानको सिटीको ५५ अंक र प्यालेसको ३१ खेलमा ४३ अंकसहित १२ औं स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.