9 years ago
February 28, 2017
लेस्टर (एजेन्सी)– जेमी भार्डीले २ र डानी ड्रिंक वाटरले १ गोल गरेपछि मंगलबार लिभरपुललाई ३–१ ले हराउँदै लेस्टर सिटीले प्रिमियर लिगमा रेलिगेसन क्षेत्र छाडेको छ । क्लाडियो रानिरीको बर्खास्त पछि क्राइस साकेसपियरेको नेतृत्वमा लेस्टरले पहिलो खेलमै सफलता प्राप्त गरेको छ । २०१७ मा लेस्टरको यो दोस्रो जित हो ।

भार्डीले २८ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । साविक विजेताका लागि ड्रिंकवाटरले ३९ औं मिनेटमा झन्डै २५ यार्डबाट गोल गरे । त्यस्तै क्रिस्टियन फाउचको क्रसमा भार्डीले दोस्रो हाफमा तीन गोल गरेका थिए ।
६८ औं मिनेटमा लिभरपुलका लागि फिलिप काउटिन्होले गोल फर्काएका थिए । मंगलबारको जितसँगै लेस्टरले लगातार पाँचौं हारबाट जोगिएको छ । जितपछि लेस्टर १५ औं स्थानमा उक्लेको छ । रेलिसेसनमा क्षेत्रमा रहेको टोलीको भन्दा लेस्टरको २ अंक बढी भएको छ । हारका वावजुद लिभरपुल पाँचौ स्थानमा यथावत छ ।
चौथो स्थानको आर्सनलको भन्दा १ अंक कम रहेको लिभरपुलले छैटौं स्थानको म्यानचेस्टर युनाइटेडलाई अझै १ अंकले पछि पारेको छ । लिभरपुलभन्दा आर्सनल र युनाइटेडले एक खेल कम खेलेका छन् । ६३ अंकसहित चेल्सी शीर्षस्थानमा छ भने १० अंक कम रहेको टोटेनह्याम दोस्रो स्थानमा छ । तेस्रो स्थानको सिटीको ५२ र आर्सनलको ५० अंक छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]