8 months ago
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले दोस्रो जित हात पारेको छ।
मध्यपुरले सरस्वती युथ क्लबलाई १-०ले हरायो। रित बहादुर गुरूङ एक मात्र निर्णायक गोल गर्न सफल भए।
एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन्। ८० औं मिनेट सम्म दुवै टिमले गोल गर्न सकेनन्।
८१ औं मिनेटमा रितको गोलमा मध्यपुरले अग्रता बनायो। विज्ञान खड्काले इशोन थापालाई सट कर्नर दिए। इशोनले विज्ञानलाई नै बल पास गरे । उनको प्रहारलाई सरस्वतीका गोलकिपर सन्दीप सिंह कडायतले मुस्किलले पन्च गर्दा क्रसबारमा लागेर फर्किएको बलमा रितको हेडरले सही दिशा लियो।
मध्यपुरले ६ खेलबाट ७ अंक बनाएको छ। ६ खेल खेलेको सरस्वतीसँग ६ अंक रहेको छ। दुई खेल जितेको सरस्वतीको यो चौथो हार हो।
त्यसअघि आज श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराउँदै लिगमा दोस्रो जित निकाल्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]