default_image

8 months ago

April 13, 2025

मध्यपुरले सरस्वतीलाई हरायो

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले दोस्रो जित हात पारेको छ।

मध्यपुरले सरस्वती युथ क्लबलाई १-०ले हरायो। रित बहादुर गुरूङ एक मात्र निर्णायक गोल गर्न सफल भए।

एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन्। ८० औं मिनेट सम्म दुवै टिमले गोल गर्न सकेनन्।

८१ औं मिनेटमा रितको गोलमा मध्यपुरले अग्रता बनायो। विज्ञान खड्काले इशोन थापालाई सट कर्नर दिए। इशोनले विज्ञानलाई नै बल पास गरे । उनको प्रहारलाई सरस्वतीका गोलकिपर सन्दीप सिंह कडायतले मुस्किलले पन्च गर्दा क्रसबारमा लागेर फर्किएको बलमा रितको हेडरले सही दिशा लियो।

मध्यपुरले ६ खेलबाट ७ अंक बनाएको छ। ६ खेल खेलेको सरस्वतीसँग ६ अंक रहेको छ। दुई खेल जितेको सरस्वतीको यो चौथो हार हो।

त्यसअघि आज श्री कुमारी क्लबले नयाँबस्ती युथ क्लबलाई २-० ले हराउँदै लिगमा दोस्रो जित निकाल्यो ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.