8 months ago
April 13, 2025
एजेन्सी – खेलको अन्त्य तिर कप्तान भर्जिल भान डाइकको हेडर गोल गरेपछि शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ।
लिभरपुल प्रिमियर लिग उपाधिको अझै नजि पुगेको छ ।
अर्को साता आर्सेनलले इप्सविचसँग हार्यो र लिभरपुलले लेस्टरलाई हराएर उपाधि जित्न सक्छ।
यहि साता लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका मोहमद सलाहले १८ औं मिनेटमा उत्कृष्ट पासमार्फत लुइस डियाजलाई पहिलो गोल गरे ।
तर लिभरपुलले त्यसलाई निरन्तरता दिन सकेन र वेस्ट ह्यामले एन्डी रोबर्टसनले ८६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बराबरी भयो ।
तर ८८ औं मिनेटमा भान डाइकले कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए। लिभरपुलले दोस्रो स्थानको आर्सेनललाई १३ अंकले पछि पारेको छ। लिगमा मात्र ६ खेल बाँकी छन्।
अन्य खेलमा उल्भ्सले टोटेनहमलाई ४-२ ले हरायो भने चेल्सीले इप्स्विच टाउनसँग २-२ को बराबरी खेलेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]