8 months ago
April 13, 2025
एजेन्सी – खेलको अन्त्य तिर कप्तान भर्जिल भान डाइकको हेडर गोल गरेपछि शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ।
लिभरपुल प्रिमियर लिग उपाधिको अझै नजि पुगेको छ ।
अर्को साता आर्सेनलले इप्सविचसँग हार्यो र लिभरपुलले लेस्टरलाई हराएर उपाधि जित्न सक्छ।
यहि साता लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका मोहमद सलाहले १८ औं मिनेटमा उत्कृष्ट पासमार्फत लुइस डियाजलाई पहिलो गोल गरे ।
तर लिभरपुलले त्यसलाई निरन्तरता दिन सकेन र वेस्ट ह्यामले एन्डी रोबर्टसनले ८६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बराबरी भयो ।
तर ८८ औं मिनेटमा भान डाइकले कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए। लिभरपुलले दोस्रो स्थानको आर्सेनललाई १३ अंकले पछि पारेको छ। लिगमा मात्र ६ खेल बाँकी छन्।
अन्य खेलमा उल्भ्सले टोटेनहमलाई ४-२ ले हरायो भने चेल्सीले इप्स्विच टाउनसँग २-२ को बराबरी खेलेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]