default_image

8 months ago

April 13, 2025

युनाइटेडलाई‌ हराउँदै न्युक्यासल शीर्ष चारमा

405 views

0 Bookmark

एजेन्सी – न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले पराजित गर्दै प्रिमियर लिगमा पुन: शीर्ष चारमा उक्लिएको छ।

सान्द्रो टोनालीले २४ औं मिनेटमा गोल गर्दै सेंट जेम्स पार्कमा घरेलु टोलीलाई अग्रता दिलाए। एलेक्ज्यान्डर इसाकको उत्कृष्ट पासपछि सानदार भलि प्रहारमा उनले गोल गरेका हुन् ।

तर, युनाइटेडका एलेजान्द्रो गार्नाचोले ३७ औं मिनेटमा गोल‌ गरेपछि पहिलो हाफमा १-१ को‌ बराबरी भयो । आफ्नो पछिल्ला २९ खेलमा गार्नाचोको त्यो दोस्रो गोल हो ।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै हार्भी बार्न्सले ज्याकब मर्फीको पासमा गोल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाए।

बार्न्सले ६४ औं मिनेटमा अर्को गोल गरे । जारी प्रिमियर लिगमा त्यो उनको आठौं गोल हो । गोलकिपर आन्द्रे ओनाना नखेलेपछि उनको स्थानमा आएका आल्टाय बायिन्डिरले गोल रोक्न सकेनन्।

ब्रुनो गुइमाराइसले ७७ औं‌ मिनेटमा गोल गरेपछि युनाइटेड निरिह बन्यो ।

३१ खेलपछि ५६ अंकका‌साथ न्युक्यासल म्यानचेस्टर सिटीलाई पछि पार्दै चौथो स्थानमा पुगेको छ । १ अंक पछि रहेको सिटीले १ खेल पनि बढी खेलेको छ। युनाइटेड १४औं स्थानमा झरेका छन्।

लिभरपुल उपाधिको नजिक
अर्को  खेलको अन्त्य तिर कप्तान भर्जिल भान डाइकको हेडर गोल गरेपछि शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडलाई‌ २-१ ले पराजित गरेको छ।

लिभरपुल प्रिमियर लिग उपाधिको अझै नजिक पुगेको छ । अर्को साता आर्सेनलले इप्सविचसँग हार्यो र लिभरपुलले लेस्टरलाई हराएर उपाधि जित्न सक्छ।

यहि साता लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका मोहमद सलाहले १८ औं मिनेटमा उत्कृष्ट पासमार्फत लुइस डियाजलाई पहिलो गोल गरे ।

तर लिभरपुलले त्यसलाई निरन्तरता दिन सकेन र वेस्ट ह्यामले एन्डी रोबर्टसनले ८६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बराबरी भयो ।

तर ८८ औं मिनेटमा भान डाइकले कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए।  लिभरपुलले दोस्रो स्थानको आर्सेनललाई  १३ अंकले पछि पारेको छ। लिगमा मात्र ६ खेल बाँकी छन्।

अन्य खेलमा उल्भ्सले टोटेनहमलाई ४-२ ले हरायो भने चेल्सीले इप्स्विच टाउनसँग २-२ को बराबरी खेलेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.