8 months ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्सले
एनसेल नेपाल सुपर लिग (एनएसएल) मा काठमाण्डौ रेजर्सले जित हात पारेको छ।
दश जनामा समेटिएको चितवन एफसीलाई २-० ले हराउँदै प्ले अफको संभावनालाई जिवितै राखेको छ। काठमाडौंको जितमा बाकारी माने र अमाडाउ डियोपले एक-एक गोल गरे।
दशरथ रङ्गशालामा काठमाडौंलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नुपर्ने दबाब थियो। जितले चितवन प्लेअफ पुग्ने थियो। जहाँ काठमाडौंले बाजी मार्यो। चितवनको यात्रा कठिन बनेको छ।
कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएको दुवै अवसरमा गोल गर्न सकेन । २२ औं मिनेटमा भिक्टर मानसारेको कटब्याकमा अन्जनको पहिलो टच पोस्टको माथिबाट बाहिरियो । त्यसको केहीबेरमै अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक सेक गेयेले उत्कृष्ट बचाउ गरे ।
३२ औं मिनेटमा काठमाडौंले बाकारिमानेको फ्रिकिक गोलमा अग्रता लियो । मानेले झन्डै २५ यार्ड टाढाबाट दोस्रो बारमा हानेको फ्रिकिक वालमा रहेका खेलाडी नउँफ्रदा बटम कर्नरमा गोल भएको थियो । पहिलो हाफमा काठमाडौंले १-० को अग्रता बनायो।
दोस्रो हाफको सुरुवातमा नै काठमाडौंले दुई उत्कृष्ट मौका गुमायो। ४६ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा चितवनका डिफेन्डर नोडिर माभलोनोभले हेडर मार्फत क्लियर गरेको बल मोहम्मद बुया टुरेको खुट्टामा पुग्यो। अनमार्क रहेका बुया टुरेको प्रहार अत्यन्त फितलो रहयो।
यसको एक मिनेटपछि नै अमाडोउ डियोपले चितवनका गोलकिपर अमल नाइट र दुई डिफेन्डरलाई छलाउँदै दिएको पासमा चितवनका बक्सभित्र चितवनका खेलाडी बल क्लेक्ट गर्न सकेनन्।
१-० पछि परेको चितवन ५६ औं मिनेटमा १० जनामा समेटियो। कर्नरमा बल आउट भएपछि काठमाडौंका अलिजोन अलिजोनोभले चितवनका युसुफ मलिकलाई पुस गरे। अलिजोनले बलले युसुफलाई हाने। रेफ्री प्रज्वल क्षेत्रीले दुवैलाई पहेंलो कार्ड दिए। अलिजोनको दोहोरो पहेंलो कार्ड थियो। उनी रातो कार्ड खाँदै मैदान बाहिरिए।
५७ औं मिनेटमा मोहम्मद बुयाको क्रसमा क्लोज रेन्जजबाट अमाडोउ डियोपले हानेको प्रहारलाई गोलकिपर अमल नाइटले बचाए।
७१ औं मिनेटमा काठमाडौंले अग्रता दुगुना गर्यो। दिनेश हेन्जानको पासमा रोहन कार्कीले हानेको प्रहारलाई काठमाडौंका डिफेन्डरले रोके फर्किएर आएको बललाई अमाडाउ डियोपले छ यार्ड बक्स नजिकैबाट गोल गरे। काठमाडौंले २-० को स्पष्ट अग्रता बनायो।
लिगको अन्तिम खेल खेलेको काठमाडौंको यो दोस्रो जित हो। ६ खेलमा २ जित, २ बराबरी र २ हारमा ८ अंक बनाएको छ। अब काठमाडौंले अन्य टिमको नतिजाले प्ले अफको टुङ्गो लाग्नेछ।
पाँचौं खेल खेलेको चितवनको यो लगातार दोस्रो हार हो। २ जित र १ बराबरीमा ७ अंक रहेको छ। यो सँगै चितवनको यात्रा कठिन बनेको छ। अब चितवनले अन्तिम खेलमा धनगढीसँग खेल्नेछ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]