8 months ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्सले
एनसेल नेपाल सुपर लिग (एनएसएल) मा काठमाण्डौ रेजर्सले जित हात पारेको छ।
दश जनामा समेटिएको चितवन एफसीलाई २-० ले हराउँदै प्ले अफको संभावनालाई जिवितै राखेको छ। काठमाडौंको जितमा बाकारी माने र अमाडाउ डियोपले एक-एक गोल गरे।
दशरथ रङ्गशालामा काठमाडौंलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नुपर्ने दबाब थियो। जितले चितवन प्लेअफ पुग्ने थियो। जहाँ काठमाडौंले बाजी मार्यो। चितवनको यात्रा कठिन बनेको छ।
कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएको दुवै अवसरमा गोल गर्न सकेन । २२ औं मिनेटमा भिक्टर मानसारेको कटब्याकमा अन्जनको पहिलो टच पोस्टको माथिबाट बाहिरियो । त्यसको केहीबेरमै अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक सेक गेयेले उत्कृष्ट बचाउ गरे ।
३२ औं मिनेटमा काठमाडौंले बाकारिमानेको फ्रिकिक गोलमा अग्रता लियो । मानेले झन्डै २५ यार्ड टाढाबाट दोस्रो बारमा हानेको फ्रिकिक वालमा रहेका खेलाडी नउँफ्रदा बटम कर्नरमा गोल भएको थियो । पहिलो हाफमा काठमाडौंले १-० को अग्रता बनायो।
दोस्रो हाफको सुरुवातमा नै काठमाडौंले दुई उत्कृष्ट मौका गुमायो। ४६ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा चितवनका डिफेन्डर नोडिर माभलोनोभले हेडर मार्फत क्लियर गरेको बल मोहम्मद बुया टुरेको खुट्टामा पुग्यो। अनमार्क रहेका बुया टुरेको प्रहार अत्यन्त फितलो रहयो।
यसको एक मिनेटपछि नै अमाडोउ डियोपले चितवनका गोलकिपर अमल नाइट र दुई डिफेन्डरलाई छलाउँदै दिएको पासमा चितवनका बक्सभित्र चितवनका खेलाडी बल क्लेक्ट गर्न सकेनन्।
१-० पछि परेको चितवन ५६ औं मिनेटमा १० जनामा समेटियो। कर्नरमा बल आउट भएपछि काठमाडौंका अलिजोन अलिजोनोभले चितवनका युसुफ मलिकलाई पुस गरे। अलिजोनले बलले युसुफलाई हाने। रेफ्री प्रज्वल क्षेत्रीले दुवैलाई पहेंलो कार्ड दिए। अलिजोनको दोहोरो पहेंलो कार्ड थियो। उनी रातो कार्ड खाँदै मैदान बाहिरिए।
५७ औं मिनेटमा मोहम्मद बुयाको क्रसमा क्लोज रेन्जजबाट अमाडोउ डियोपले हानेको प्रहारलाई गोलकिपर अमल नाइटले बचाए।
७१ औं मिनेटमा काठमाडौंले अग्रता दुगुना गर्यो। दिनेश हेन्जानको पासमा रोहन कार्कीले हानेको प्रहारलाई काठमाडौंका डिफेन्डरले रोके फर्किएर आएको बललाई अमाडाउ डियोपले छ यार्ड बक्स नजिकैबाट गोल गरे। काठमाडौंले २-० को स्पष्ट अग्रता बनायो।
लिगको अन्तिम खेल खेलेको काठमाडौंको यो दोस्रो जित हो। ६ खेलमा २ जित, २ बराबरी र २ हारमा ८ अंक बनाएको छ। अब काठमाडौंले अन्य टिमको नतिजाले प्ले अफको टुङ्गो लाग्नेछ।
पाँचौं खेल खेलेको चितवनको यो लगातार दोस्रो हार हो। २ जित र १ बराबरीमा ७ अंक रहेको छ। यो सँगै चितवनको यात्रा कठिन बनेको छ। अब चितवनले अन्तिम खेलमा धनगढीसँग खेल्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]