8 months ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र झापा एफसीबीचको खेल जारी छ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा धनगढीले भने पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा झापाले पकड बनायो।
८ अंक सहित लिगको दोस्रो स्थानमा रहेको धनगढीलाई प्ले अफको नजिक छ। जारी लिगमा बराबरीमा माहिर झापाले यसअघि लगातार ४ बराबरी खेलेको कारण उसँग जितको विकल्प छैन।
खेलको पहिलो मिनेटमा नै रितिक खड्काको पासमा अभिनाष स्याङतानको प्राहरलाई धनगढीका गोल किपर वालिद विरोले उत्कृष्ट बचावट गरे।
झापाले सुरुवात देखि नै आक्रमक खेल खेल्यो। खेलको ३० औं मिनेटमा अर्को मौका गुमायो। आरसिस लाजारले करिब २५ यार्ड टाढाबाट हानेको पावरफुल कर्लिङ प्रहारलाई धनगढीका गोल किपर वालिद विरोले डाइभ गर्दै एक हातले बचाए।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सुनौलो मौका झापाले गुमायो। अभिनाषकक सटिक पासमा अलहाजी गेरोको हेडर क्रसबारको नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
धनगढीले ४ खेलमा २ जित र २ बराबरीमा ८ अंकसहित लिगको दोस्रो स्थानमा छ। झापा भने लगातारको ५ बराबरीमा ४ अंक सहित छैटौं स्थानमा रहेको छ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]