default_image

8 months ago

April 14, 2025

धनगढी र ललितपुर पहिलो क्वालिफायरमा

1438 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसी र ललितपुर सिटी एफसी तेस्रो नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा पुगेका छन् ‌।

दुई पटकको फाइनलिष्ट धनगढी एफसीले तेस्रो जित निकाल्ने क्रममा आज झापा एफसीलाई १-० ले हराउँदै धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ।

पहिलो क्वालिफायरमा ललितपुर र धनगढीले खेल्ने पनि निश्चित भएको छ। ५ खेलमा‌ धनगढी र ललितपुरको समान ११ अंक छ। बाँकी खेलको नजिजाले कुनै पनि‌ टोलीले‌ धनगढी र ललितपुरसँग अंक बराबरी गर्न सक्ने छैनन् ।

धनगढीको जितमा अहमद हिजाजीले एक मात्र निर्णायक गोल गरे। झापाले भने गोल गर्ने मौका सिर्जना गरेपनि गोल गर्न सकेन। यो हारले झापाको प्ले अफको यात्रा गणितीय आधारमा मात्र बाँकी छ।

खेलको पहिलो मिनेटमा नै रितिक खड्काको पासमा अभिनाष स्याङतानको प्राहरलाई धनगढीका गोल किपर वालिद विरोले उत्कृष्ट बचावट गरे।

झापाले सुरूवात देखि नै आक्रमक खेल खेल्यो। खेलको ३० औं मिनेटमा अर्को मौका गुमायो। आरसिस लाजारले करिब २५ यार्ड टाढाबाट हानेको पावरफुल कर्लिङ प्रहारलाई धनगढीका गोलकिपर वालिद विरोले डाइभ गर्दै एक हातले बचाए।

यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सुनौलो मौका झापाले गुमायो। अभिनाषको सटिक पासमा अलहाजी गेरोको हेडर क्रसबारको नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

दोस्रो हाफको तेस्रो मिनेटमा झापाका अलहाजी गेरोले करिब ४० यार्ड टाढाबाट हानेको लामो पावरफुल सट क्रसबार माथिबाट बाहिरियो। ५८ औं मिनेटमा रितिक खड्काको भलिमा धनगढीका विवेक पौडेलले गोल लाइन नजिकैबाट क्लियत गरिदिए।

झापालर निरन्तर पाएको मौकालाई सदुपयोग गर्न सकेन। यता धनगढीले ६० औं मिनेटमा गोल गर्यो। सर्जियो बारबोजाको क्रसमा हिजाजीले क्लोज रेन्जबाट गोल गरे। हिजाजीको यो छैटौं गोल हो। सर्वाधिक गोलकर्ताको सुचीमा उनी शीर्षस्थानमा रहेको छन्।

१-० ले पछि परेको झापाले ६८ औं मिनेटमा बराबरी गोल फर्काउने उत्कृष्ट मौका गुमायो‌। कप्तान लाकेन लिम्बुको फ्रि-किकमा अनमार्क रहेका दीपेश धिमालले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

खेल सकिन २ मिनेट बाकी छँदा झापाले बराबरी गोल फर्काउने अर्को मौका गुमायो। सबस्टिच्युट खेलाडी प्रविण खुलालले गोलकिपर वालिद विरोलाई चिप गर्दे गरेको प्रहार क्रसबारमा लागेर फर्कियो। रिबाउन्डमा आरोन थापाको प्रहारलाई डिफेन्डरले ब्लक गरे।

झापा यो खेलमा अभागी नै रहयो। इन्ज्युरी समयमा आरोनले एजबाट हानेको प्रहार गोल किपर वालिदले ब्लक गरे। रिबाउन्डमा प्रविण खुलालको प्रहारलाई किपरले रोके।

झापाले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हिजाजी कै गोल निर्णायक बन्यो् यो सँगै धनगढीले झापालाई १-० ले हारायो।

अपराजित धनगढीले पाँच खेलमा तीन जित र दुुई बराबरीमा ११ अंक बनाएको छ। पाँच खेल खेलेको झापासँग ४ अंक रहेको छ। यसअघि लगातार चार खेल बराबरी गरेको झापाको यो पहिलो हार हो।

अब धनगढीले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग र झापाले भने अन्तिम खेलमा ललितपुर सिटी एफसीको सामना गर्नेछ।

भोलि बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच खेल हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.