default_image

8 months ago

April 14, 2025

झापाविरुद्ध रेफ्रीले पक्षपात गरेको चितवनका मालिकको आरोप!

1131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनका मालिक सचिन ढकालले झापा एफसीविरुद्ध अघिल्लो साता सम्पन्न खेलमा रेफ्रीले पक्षपात गरेको गम्भीर आरोप लगाएका छन् ।

ढकालले सोमबार काठमाडौं रेजर्ससँग २-० को हार बेहोरेपछि सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन् । ढकालले नाम नतोकेको भएपनि झापा र चितवनको खेलमा रेफ्रीको निर्णयलाई लिएर विवाद भएको थियो । गत आइतबार सम्पन्न खेलमा झापाले इन्ज्युरी समयमा पाएको पेनाल्टीकै सहयोगमा १-१ को बराबरी खेलेको थियो ।

उक्त खेलमा फोर्थ अफिसियल श्यम दनुवार रहेका थिए । झापाकै स्थानीय बासिन्दा रहेका दनुवारलाई खेलमा फोर्थ अफिसियल राखेको भन्दै असन्तुष्टि यसअघि पनि सुनिएको थियो । तर ढकालको स्ट्याटससँगै उक्त खेललाई नै इंगित गर्दै ढकालले झापाको पक्षमा पेनाल्टी दिन संकेत गरेको खुलासा गरेका छन् । उनले क्लबले यस विरुद्ध औपचारिक अनुरोध समेत गरेको जानकारी दिएका छन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा झापाका एरोन थापालाई चितवनका निरज चौधरीले लडाएको भन्दै उक्त खेलका रेफ्री कविन ब्यन्जनकारले पेनाल्टी दिएका थिए । उक्त खेलमा श्याम दनुवार फोर्थ अफिसियल थिए । रेफ्री ब्यन्जनकारले यस प्रतियोगितामा खेलाएको एकमात्र खेल त्यहि नै हो । दनुवारले भने ३ खेल मुख्य रेफ्रीको भूमिकामा खेलाएका छन् ।

उक्त खेलबारे ढकालले लेखेको स्ट्याटस यसप्रकार छ :

‘नेपाली फुटबलको समग्र विकास र व्यवसायीकरणको लागि समर्पित रही कार्यरत एफसी चितवन गम्भीर रूपमा एउटा गुनासो सार्वजनिक गर्न बाध्य भएको छ।

हालैको एक खेलमा चौथो रेफ्रीले झापा एफसीका पक्षमा गोप्य रूपमा पेनाल्टीको संकेत गरेको स्पष्ट देखिएपछि, क्लबले सो व्यक्ति रेफ्रीको रूपमा आगामी खेलमा नआउन् भन्ने औपचारिक अनुरोध गरेको थियो। तर दुर्भाग्यवश, उक्त रेफ्रीलाई पुन: सोही खेलमा मुख्य रेफ्री र चौथो रेफ्रीको रूपमा नियुक्त गरिएको छ।

यो घटनाले मात्र होइन, विगतका विभिन्न खेलहरूमा पनि बारम्बार विवादास्पद निर्णयहरू आइरहेका छन्—जुन निर्णयहरू प्रायः एकतर्फी, अस्पष्ट र फुटबलको मर्मविपरीत देखिन्छन्। यस्ता निर्णयहरूले करोडौं रुपैयाँको लगानी, खेलाडीहरूको मेहनत, र समर्थकहरूको भावना माथि प्रश्नचिन्ह खडा गरेको छ।

एफसी चितवनले विश्वस्तरीय खेलाडीहरू ल्याएर नेपाली लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गरिरहेको छ। तर यदि निर्णायक तहमै निष्पक्षता र क्षमताको कमी रहिरह्यो भने, यस्ता प्रयासहरू निरर्थक बन्न सक्छन्।

हाम्रो स्पष्ट माग छ—या त रेफ्रीहरूको स्तर तत्काल सुधार गरियोस्, वा विदेशी रेफ्रीहरूको व्यवस्था गरियोस्, जसले निष्पक्षता कायम राख्न सकून्।

नेपालको रेफ्री प्रणालीप्रति अघिल्ला विवादहरू र वर्तमान अवस्था हेर्दा, यो अवस्था लगानीकर्ताहरूका लागि निराशाजनक मात्र होइन, अति असह्य पनि बन्न थालेको छ।

यदि समयमै सुधार र उत्तरदायित्व स्थापित गरिएन भने, क्लबको प्राथमिकता अब ग्ल्यामरभन्दा टाढा—बाल फुटबल र दीर्घकालीन ग्रासरुट विकासमा केन्द्रित हुनेछ।

हामी नेपाली फुटबलप्रति समर्पित छौं। तर समर्पणको मूल्य निष्पक्षता, पारदर्शिता र सम्मानले चुकाउनु पर्छ।’

सोमबार चितवन र काठमाडौंको खेलमा पनि दनुवार नै फोर्थ अफिसियल राखेपछि ढकालले सामाजिक संजालमा असन्तुष्टि पोखेका हुन् । उनले वा उनको क्लबले यसअघि गत साताको उजुरीबारे सार्वजनिक रुपमा केही जानकारी भने दिएका थिएनन् । यद्यपि चितवनका प्रशिक्षक नविन न्यौपानेले झापाविरुद्ध खेलपछि रेफ्रीको निर्णयमा असन्तुष्टि भने जनाएका थिए ।

चितवनजस्तै पोखराका प्रशिक्षक सुमन श्रेष्ठले पनि पटक पटक रेफ्रीको निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । रेफ्रीको निर्णयबारे सर्वत्र आलोचना भइरहँदा प्लेअफमा विदेशी रेफ्री ल्याउन पनि माग भइरहेको छ ।

ढकालले आफ्नो स्ट्याटसमा रेफ्रीको स्तर तत्काल सुधार गर्न वा विदेशी रेफ्रीको माग समेत गरेका छन् । उनले रेफ्रीको विवाद असह्य नै हुन थालेको अभिव्यक्ति दिएका छन् ।

नेपाल सुपर लिगले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.