8 months ago
April 14, 2025
सुमन अधिकारी, बुटवल
सिम्रिक युवा क्लबले आठौ भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमवार भएको फाइनलमा आयोजक भूपू सैनिक स्पोर्टिङ क्लबलाई ३-१ ले पराजित गर्दै सिम्रिकले उपाधि चुमेको हो ।
भूूपू सैनिक जबई खेल मैदानमा भएको फाइनलको २० औं मिनेटमा सुरज चौधरीले पेनाल्टी मार्फत गोलको खाता खोलेका हुन् ।
विशाल शाहीले आफुलाई सुरजलाई डिबक्स भित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई सुरजले गोल गरेका हुन्। ५२ औं मिनेटमा सिम्रिकका नीरबहादुर थापाले फ्रि किकमा गोल गरे ।
५५ औं मिनेटमा कप्तान अर्जुन चौधरीले पेनाल्टीमा गोल गरेपछि सिम्रिकले ३-० को अग्रता बनायो । आयोजकका सन्जय खत्रीले अन्तिम समयमा सान्त्वना गोल फर्काए ।
भूपू सैनिक सालघारी समाजको संरक्षकत्व र भूपू सैनिक जबई स्पोर्टिङ्ग क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख २२ हजार २ सय २२ र दोस्रो टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।
सिम्रिकका अरुण चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । सिम्रिककै सरिन जिसी उत्कृष्ट गोलकिपर र सोही टोलीका सुरज चौधरी सर्वाधिक गोलकर्ता तथा भूपूका मनोज श्रेष्ठ उत्कृष्ट रक्षक र सोही क्लबका क्षितिजराज जेटी उत्कृष्ट मिडफिल्ड घोषित भए ।
विजेता र उपविजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी, बुटवल नगरपालिका वडा नं १५ का वडाअध्यक्ष तथा नगर प्रवक्ता शिव राना, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङ, आयोजक क्लबका अध्यक्ष गोपिराम पुनले पुरस्कृत गरे ।
अध्यक्ष पुनले खेल क्षेत्रमा योगदान गरेका पूर्व प्रशिक्षक, खेलाडीको सम्मानलाई निरन्तरता दिने बताए । प्रतियोगितामा रुपन्देहीका ६ र नवलपरासीका २ गरि ८ टोलीको सहभागिता थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]