8 months ago
April 15, 2025
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिडले सोमवार भालाडोलिडलाई ४-२ पराजित गरेको छ ।
खेलमा भालाडोलिडले अग्रता लिएको थियो। ममदोउ सिलाले २१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए ।
एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औं पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । भालाडोलिडका लागि जाभी सान्चेजले ५६औं मिनेटमा बराबरी गोल गरेका थिए ।
एट्लेटिकोले अल्बारेजले ७१औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए। एलेक्जेन्डर सरलोथले ७९औँ मिनेटमा गोल गर्दै एट्लेटिकोको जित निश्चित गरेका थिए ।
३१ खेलमा ६३ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको ७० र दोस्रो स्थानको रियल म्याड्रिडको ६६ अंक छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]