8 months ago
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा सशक्त प्रदर्शन गरिरहेको टिम हो, धनगढी एफसी।
धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न पनि सफल भैसकेको छ। तर धनगढीले हिजो दशरथ रंगशालामा झापा एफसीसँगको खेलका दौरान धनगढीका अफ्रिकी खेलाडी अफिज ओलावालेले अनुशासनहीन व्यवहार गरे।
उनी प्लेइङ इलेभेनमा थिएनन्। ६८ औं मिनेटमा मोहम्मद अल जेलाई रिप्लेस गर्दै मैदान छिरेका थिए । निर्धारित ९० मिनेटको खेलमा धनगढीले १-० को अग्रता पनि बनाएको थियो। इन्ज्युरी समय ६ मिनेट थपियो। प्रशिक्षक वान मार्टिनेजले ओलावालेाई थप गरिएको समयको पाँचौं मिनेटमा सब्स्टिच्युट गर्ने निर्णय गरेका थिए । उनको स्थानमा अशोक खवास मैदान छिरेका थिए।
त्यसपछि ओलावालेले अनुशासनको धज्जी उडाए। प्रशिक्षक मार्टिनेजलाई किन रिप्लेस गरेको भनेर मात्र सोधेनन्। पानीको बोतल ट्रयाकमा फाले। प्रशिक्षकमाथि नै जाइलाग्न खोजेका थिए। उनलाई अफिसियलहरुले सामतेर रोक्नु परेको थियो। प्रशिक्षक मार्टिनेज पनि आक्रोशित भएका थिए।
अवस्था तनावपूर्ण बनेपछि ओलावालेलाई टनेलबाट ड्रेसिङ रुममा लगियो। खेलमा अनुशासन नै प्रमुख हो। अनि खेलाडी परिवर्तन गर्ने निर्णय प्रशिक्षकको अधिकारको विषय हो। तर ओलावालेको यस्तो व्यवहार निन्दनीय र खेलको मर्यादा विपरीत थियो।
त्यस विषयमा पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक वान मार्टिनेजले ओलावालेसँग संवाद गरेर परिस्थितिलाई समाधान गर्ने बताएका छन्। उनले उक्त निर्णय ‘टेक्निकल’ कारणले लिएको स्पष्ट पार्दै भनेका थिए , ‘सबै खेलाडी मैदानमा लामो समय खेल्न चाहन्छन्। तर निर्णय लिनुपर्ने जिम्मेवारी मेरो हो। यसलाई मैले घटनालाई सामान्य रुपमा लिएको छु।’
तर त्यो घटना न सामान्य देखिएको थियो , न त सामान्य थियो। कप्तान देवेन्द्र तामाङले भने यो घटनाबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका थिए।
प्रशिक्षकको निर्णयमा असहमति जनाउँदै आक्रामक शैलीमा प्रस्तुत हुने ओलावालेको यो व्यवहार खेलाडीको आचरणका हिसाबले निकै लज्जास्पद हो।
खेल मैदानमा केवल प्रदर्शन मात्र होइन । मर्यादा, अनुशासन र संयमताको पनि उत्तिकै महत्व हुन्छ।
ओलावाले परिचित विदेशी खेलाडीमा पर्दछन् । उनी एक दशक भन्दा लामो समयदेखि विभिन्न क्लबमार्फत नेपाली फुटबलमा क्रियाशील खेलाडी हुन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]