default_image

8 months ago

April 15, 2025

ओलावालेको अनुशासनहीन व्यवहार

2164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा सशक्त प्रदर्शन गरिरहेको टिम हो, धनगढी एफसी।

धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न पनि सफल भैसकेको छ। तर धनगढीले हिजो दशरथ रंगशालामा झापा एफसीसँगको खेलका दौरान धनगढीका अफ्रिकी खेलाडी अफिज ओलावालेले अनुशासनहीन व्यवहार गरे।

उनी प्लेइङ इलेभेनमा थिएनन्। ६८ औं मिनेटमा मोहम्मद अल जेलाई रिप्लेस गर्दै मैदान छिरेका‌ थिए ।  निर्धारित ९०  मिनेटको खेलमा धनगढीले १-० को अग्रता पनि बनाएको थियो‌। इन्ज्युरी समय ६ मिनेट थपियो। प्रशिक्षक वान मार्टिनेजले ओलावालेाई थप गरिएको समयको पाँचौं मिनेटमा सब्स्टिच्युट गर्ने निर्णय गरेका थिए । उनको स्थानमा अशोक खवास मैदान छिरेका‌ थिए।

त्यसपछि ओलावालेले अनुशासनको धज्जी उडाए। प्रशिक्षक मार्टिनेजलाई किन रिप्लेस गरेको भनेर मात्र सोधेनन्। पानीको बोतल ट्रयाकमा फाले। प्रशिक्षकमाथि नै जाइलाग्न खोजेका थिए। उनलाई अफिसियलहरुले सामतेर रोक्नु परेको थियो। प्रशिक्षक मार्टिनेज पनि आक्रोशित भएका थिए।

अवस्था तनावपूर्ण बनेपछि ओलावालेलाई टनेलबाट ड्रेसिङ रुममा लगियो। खेलमा अनुशासन नै प्रमुख हो। अनि खेलाडी परिवर्तन गर्ने निर्णय प्रशिक्षकको अधिकारको विषय हो। तर ओलावालेको यस्तो व्यवहार निन्दनीय र खेलको मर्यादा विपरीत थियो।

त्यस विषयमा पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक वान मार्टिनेजले  ओलावालेसँग संवाद गरेर परिस्थितिलाई समाधान गर्ने बताएका छन्। उनले उक्त निर्णय ‘टेक्निकल’ कारणले लिएको स्पष्ट पार्दै भनेका थिए , ‘सबै खेलाडी मैदानमा लामो समय खेल्न चाहन्छन्। तर निर्णय लिनुपर्ने जिम्मेवारी मेरो हो। यसलाई मैले घटनालाई सामान्य रुपमा लिएको छु।’

तर त्यो घटना न सामान्य देखिएको थियो , न त सामान्य थियो। कप्तान देवेन्द्र तामाङले भने यो घटनाबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका थिए।

प्रशिक्षकको निर्णयमा असहमति जनाउँदै आक्रामक शैलीमा प्रस्तुत हुने ओलावालेको यो व्यवहार खेलाडीको आचरणका हिसाबले निकै लज्जास्पद हो।

खेल मैदानमा केवल प्रदर्शन मात्र होइन । मर्यादा, अनुशासन र संयमताको पनि उत्तिकै महत्व हुन्छ‌।
ओलावाले परिचित विदेशी खेलाडीमा पर्दछन् । उनी एक दशक भन्दा लामो‌ समयदेखि विभिन्न क्लबमार्फत नेपाली फुटबलमा क्रियाशील खेलाडी हुन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.