8 months ago
April 15, 2025
एजेन्सी – च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज बोरुसिया डर्टमण्डले बार्सिलोनाको सामना गर्दैछ।
डर्टमण्डका लागि फेरि सेमिफाइनल पुग्ने लक्ष्य कठिन देखिन्छ। बार्सिलोनासँग ४-० को बलियो अग्रता छ। यद्यपि डर्टमण्डलाई सजिलो आँक्न हुँदैन। किनकी डर्टमण्डलाई आज आफ्नो घरेलु मैदान र समर्थकको साथ रहनेछ।
बार्सिलोना सन् २०१५ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ। ला लिगामा रियल म्याड्रिडभन्दा ४ अंकले अगाडि रहेको बार्सिलोना कोपा डेल रे को फाइनलमा स्थान बनाउन पनि सफल भएको छ।
बार्सिलोनाका डिफेन्डर अलेजान्द्रो बाल्डे चोटका कारण केही साताका लागि टोलाि बाहिर छन्। तर डानी ओल्मो फिट भइसकेका छन्।
डर्टमण्डका लागि मार्सेल साबिट्जर र निको श्लटरबेक घुँडाको चोटका कारण अनुपस्थित रहनेछन्। डर्टमण्ड लगातार दोस्रो सिजन सेमिफाइनलमा स्थान बनाउने योजनामा छ। तर यात्रा निकै कठिन देखिएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]