default_image

8 months ago

April 15, 2025

पोखरा प्ले अफमा पुग्न सफल

1516 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्न सफल भएको छ

बुटवल लुम्बिनीलाई आज २-० ले हराउँदै पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको छ। यो सँगै पोखराले काठमाडौं रेजर्सलाई गोल अन्तरमा पछि पार्दै प्ले अफमा स्थान सुरक्षित गरेको हो।

पोखराको जितपछि झापा लिगबाट बाहिरिने दोस्रो टोली बन्यो। अब एफसी चितवन र पोखरा मध्ये एक टोली प्ले अफमा पुग्नेछ। आज पोखरालाई हराउन आयुष घलान र विलियम बियासीले गोल गरे।

प्ले अफमा पुग्न पोखरालाई आज जितको विकल्प थिएन । बराबरीले पनि प्ले अफको संभावना समाप्त हुने थियो। गर या मरको अवस्थामा पोखरा थियो। जहाँ पोखरा खेल अवधिभर हाबी रह्यो। ठीक विपरीत बुटवलको प्रदर्शन निराशाजनक रहयो।

खेलको १० औं मिनेटमा नै पोखराले अग्रता बनायो। समिर तामाङले बक्सको एजबाट दिएको पासमा डिफेन्डरहरु बक्स भित्र नै थिए। तर पनि आयुष अनमार्क थिए। आयुषको फ्रि हेडर सहजै गोलमा परिणत भयो।

त्यसको एक मिनेटपछि पनि पोखराका कप्तान नवयुग श्रेष्ठले बक्सभित्रबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

खेलको २२ औं मिनेटमा पोखराले अर्को मेका गुमायो। आयुषको पासमा किपर दीप कार्कीसँगको वान भर्सेस वानमा समिर चुके। दीपले खुट्टाले ब्लक गरिदिए।

एकपक्षीय खेलको २९ औं मिनेटमा जो आइडुको लामो पासमा नवयुगको हेडरलाई गोलकिपर दीपले पन्च गरेर बचाए। लगतै ३२ औं मिनेटमा नवयुगको क्रसमा समिरले चेस्ट कन्ट्रोल गर्दै हानेको प्रहार बाहिरियो।

खेलको ३५ औं मिनेटमा आयुषको कर्नरमा स्टेफन समिर बिनोङले दुई डिफेन्डरलाई बिट गर्दै दिएको सटिक पासमा साडिस्टोन जाफारोभले क्लोज रेन्जबाट हानेको लेफ्ट फुटेट सटलाई गोल किपर दीपले सहजै कलेक्ट गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।

दोस्रो हाफको ५८ औं मिनेटमा जो आइडोले बक्स बाहिरबाट हानेको पावरफुल प्रहारलाई गोलकिपर दीपले डाइभ गर्दै मुस्किलले बचाए। प्राप्त कर्नरमा पोखराले गोल गर्यो। नवयुगको कर्नरमा विलियम बियासीको हेडरले सही दिशा लियो। पोखरा २-० को अग्रता बनाउन सफल भयो।

इन्ज्युरी समयमा बुटवलका मनिष डाँगीको प्रहारलाई गोल किपर ग्याल्मो प्रिसोले रोके। रिबाउन्डमा केन्टा हानेको प्रहार बाहिरियो। खेल पोखराले २-० ले जित्यो।

पोखराले लिग चरणको ६ खेलमा २ मा जित, २ मा बराबरी र २ मा हारको नतिजा निकाल्यो। ८ अंक सहित गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लियो। लगातर दुई खेल हारेपनि पोखरा सानदार कम्ब्याक गर्न सफल रहयो।

बुटवल जित विहिन हुँदै अंक तालिकाको पुछारमा रहँदै बाहिरियो। उसले १ खेलमा बराबरी र ५ खेलमा हार बेहोर्यो।

ललितपुर र धनगढीले पहिलो क्वालिफायर खेल्ने निश्चित भैसकेको छ। पोखरा प्ले अफमा पुग्यो। अब चितवन र काठमाडौं मध्ये एक टिम प्ले अफमा पुग्नेछ। काठमाडौंले ६ खेलबाट ८ अंक बनाएको छ।

चितवनसँग ७ अंक छ। उसले अब अन्तिम खेलमा धनगढीसँग खेल्नेछ। सो खेलमा चितवनले जित र बराबरीमा प्लेअफमा स्थान बनाउनेछ। चितवन हारेको खण्डमा काठमाडौं प्ले अफमा पुग्नेछ।

भोलि पहिलो क्वालिफायरमा पुगिसकेको ललितपुरको सामना लिगबाट बाहिरिएको झापाले गर्नेछ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.