8 months ago
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो ।
तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो।
पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले बार्सिलोना समग्रमा ५-३ को सेमिफाइनल पुगेको हो ।
डर्टमुण्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो। घरेलु समर्थकहरूको जोशिलो साथ र सर्हो गुइरासीको प्रभावशाली प्रदर्शनले टोली प्रेरित भएको थियो।
गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन्। यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे।

समूह चरणको खेलमा बार्सिलोनासँगको २-३ को हारमा उनले डर्टमुण्डका दुबै गोल गरेका थिए। यसपटक ह्याट्रिक पूरा गरे, तर त्यो प्रयास पनि नतिजा बदल्न पर्याप्त भएन।
उनको प्रदर्शनले खेलमा डर्टमुण्डका खेलाडी र समर्थकहरूमा आशा जगाएको थियो, जब बार्सिलोनासँगको दूरी एक समय ४-३ मा झरेको थियो।
गुइरासीले ११ औं पेनाल्टीमा पहिलो गोल गरे। उनले दोस्रो गोल ४९ औं मिनेटमा गरे ।
डर्टमुण्डका डिफेन्डर रामी बेन्सेबैनीले रोबर्ट लेवान्डोस्कीको दबाबमा आत्मघाती गोल गरेपछि बार्सिलोना फाइदा पुग्यो ।
गुइरासीले ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, पहिलो लेगको फराकिलो हारका कारण टोली अघि बढ्न सकेन। बार्सिलोनाले अब सेमिफाइनलमा इन्टर मिलान वा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।
अर्को क्वाटरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३-२ ले पराजित भएपनि पिएसजी ५-४ को अग्रतासहित सेमिफाइनल पुगेको छ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]