8 months ago
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल सुपर लिग (एनएसएल) मा क्वालिफायरमा पुगिसकेको ललितपुर एफसी सिटी र बाहिरिसकेको झापा एफसीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा भएको यो खेलको नतिजाले लिगको कुनै पनि समिकरणलाई असर गर्दैन । अर्थहिन यो खेलमा ललितपुर अपराजित यात्रा कायम राख्न चाहन्छ भने झापा जितसहित सिजन अन्त्य गर्ने सुरमा छ । क्वालिफायरमा स्थान पक्का गरेको ललितपुरले कप्तान तथा डिफेन्डर अनन्त तामाङलाई विश्राम दिएको छ । आज सनिष श्रेष्ठले कप्तानको जिम्मेवारी सम्हालेका छन् ।
खेलको नवौं मिनेटमा ललितपुरले गोल गर्ने मौका गुमायो । आदित्य शाक्यले झापाका गोल किपर अन्जल श्रेष्ठसँगको वान भर्सेस वानमा मौका खेर फाले । आदित्यले बक्स बाहिरबाट गरेको चिप किपरले जम्प गर्दै रोके। आदित्यले पास दिएको भए अनमार्क दिपेश घले पनि थिए। खेलको १२ औं मिनेटमा ललितपुरका इमोह इजाकियलको प्रहारलाई गोल किपर अन्जल श्रेष्ठले बचाए ।
खेलको २४ औं मिनेटमा झापाका आरसिस लजारको कर्नरमा अल्हाजी गेरोको हेडर क्रसबार माथीबाट बाहिरियो । पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।
ललितपुर ३ जित र २ बराबरीमा ११ अंक सहित लिगको शीर्षस्थानमा रहेको छ। ४ बराबरी र १ हारमा झापासँग ४ अंक रहेको छ ।
जारी एनएसएलमा ललितपुर र धनगढी क्वालिफायर वानमा पुगिसकेका छन् । पोखरा थन्डर्स प्ले अफमा पुगिसकेको छ । अब भोलि हुने चितवन र धनगढीबीचको खेलले प्ले अफमा पुग्ने चौथो टिमको निर्णय गर्नेछ । चितवन र काठमाडौं मध्ये एक टिम प्ले अफमा पुग्नेछ ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]