default_image

8 months ago

April 16, 2025

झापाले शीर्ष टोली ललितपुरलाई रोक्यो

852 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल सुपर लिग (एनएसएल) मा क्वालिफायर वानमा पुगिसकेको ललितपुर सिटी एफसीलाई आज झापा एफसीले १-१ गोलको बराबरीमा रोकेको छ।

बराबरी नतिजा निकाल्न माहिर झापाको यो पाँचौं बराबरी हो। ललितपुरको लागि नविन लामा र झापाको लागि लाकेन लिम्बुले गोल गरे।

दशरथ रंगशालामा यो खेलको नतिजाले कुनै पनि समीकरणलाई असर गर्दैन्थ्यो। झापा पहिलो जित निकाल्न चाहन्थ्यो। तर ललितपुरलाई हराउन झापा असफल रहयो।

क्वालिफायर वानमा पुगिसकेको ललितपुरले कप्तान तथा डिफेन्डर अनन्त तामङलाई पहिलो हाफमा विश्राम दियो। सनिष श्रेष्ठले कप्तानको जिम्मेवारी सम्हाले। खेलको नवौं मिनेटमा ललितपुरले गोल गर्ने मौका गुमायो। आदित्य शाक्यले झापाका गोलकिपर अन्जल श्रेष्ठसँगको वान भर्सेस वानमा मौका खेर फाले।

आदित्यले बक्स बाहिरबाट गरेको चिप किपरले जम्प गर्दै रोके। आदित्यले पास दिएको भए अनमार्क दिपेश घले पनि थिए‌। खेलको १२ औं मिनेटमा ललितपुरका इमोह इजाकियलको प्रहारलाई गोल किपर अन्जलले बचाए।

खेलको २४ औं‌ मिनेटमा झापाका आरसिस लजारको कर्नरमा अल्हाजी गेरोको हेडर क्रसबार माथिबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

दोस्रो हाफको सुरुवातमा ललितपुरले एकै पटक चार खेलाडी परिवर्तन गर्यो। कप्तान अनन्त पनि उत्रिए।‌

५० औं मिनेटमा झापाका एरोन थापाको क्रसमा आशिष गुरुङको हेडरमा प्रविण खुलालाले भलि प्रहार गर्ने प्रयाशमा थिए। तर ललितपुरका गोल किपर समित श्रेष्ठले बचाए। प्रविण र समिर एक आपसमा ठोकिन्न पुगे।

खेलको ५४ औं मिनेटमा ललितपुरले अग्रता बनायो। सबस्टिच्युट अनमोल भण्डारीको क्रसमा नविनले क्लोज रेन्जबाट सहजै ट्याप इन गर्दै गोल गरे। यो सिजन पहिलो पटक प्लेइङ इलेभेनमा खेलेका नबिनको पहिलो गोल हो। गोल गरेपछि जर्सी खोलेर सेलिब्रेसन पनि गरे। पहेंलो कार्ड पनि पाए।

तर ललितपुरको यो अग्रता ६५ औं मिनेटमा तोडियो। गोल किपर समितले राम्ररी बल क्लियर गर्न सकेनन्। यसपछि प्रविणले डिफेन्डरलाई बिट गर्दै दिएको पासमा कप्तान लाकेनले बक्सभित्रबाट गोल गरे। यो सँगै खेल १-१ को बराबरीमा पुग्यो।

खेलको ८९ औं मिनेटमा झापाले अग्रता लिने मौका चुकायो। लाकेनको क्रसमा अभिनाष स्याङतानले चेस्टले कन्ट्रोल गर्दै बक्स भित्रबाट गरेको प्रहारलाई किपर समितले उत्कृष्ट बचावट गरे।

इन्ज्युरी समयको छैटौं मिनेटमा दिपेश धिमालले दिएको उत्कृष्ट क्रसमा अभिनाषको हेडर क्रसबारमा लागेर फर्कियो। दुवै टोलीबाट थप गोल नहुँदा खेल १-१ को बराबरीमा सकियो।

अपराजित ललितपुरले ६ खेलमा ३ जित र ३ सहित १२ अंक जोडेको छ। उसले शनिवार धनगढीसँग पहिलो क्वालिफायर खेल्नेछ।

झापाले यो सिजन जित विहिन हुँदै सिजनको अन्त्य गरेको छ। उसले ६ खेलमा ५ बराबरी र एक हारमा ५ अंक बनाएर लिग चरणबाट नै बाहिरियो।

झापा लागातार दोस्रो सिजन प्ले अफ पुग्न सकेन। गत सिजन झापाले २ जित ४ बराबरी र २ हारमा १० अंक बनाएर गोल अन्तरमा पछि पर्दै लिग चरणबाट बाहिरिएको थियो।

जारी एनएसएलमा ललितपुर र धनगढी क्वालिफायर वानमा पुगिसकेका छन्। पोखरा थन्डर्स प्ले अफमा पुगिसकेको छ।

अब भोलि हुने चितवन र धनगढीबीचको खेलले प्ले अफमा पुग्ने चौथो टिमको निर्णय गर्नेछ। चितवन र काठमाडौं मध्ये एक टिम प्ले अफमा पुग्नेछ। भोलि चितवनले धनगढीसँग खेल्नेछ। यो नै लिग चरणको अन्तिम खेल हो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.