8 months ago
April 16, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा असम्भवलाई बनाउने टोलीको नाम हो रियल म्याड्रिड। फेरि त्यस्तै असम्भव लाग्ने चुनौतीका बीच रियलले क्वाटरफाइनलको दोस्रो लेगमा आज आर्सनलको सामना गर्नेछ ।
पहिलो लेगमा आर्सनल ३-० ले अग्रता बनाएको छ । रियलले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राख्न कम्तीमा ३ गोलको बराबरी गर्नुपर्नेछ।
१५ पटकको विजेता रियलको पछिल्ला च्याम्पियन्स लिग यात्रामा असम्भवलाई सम्भव बनाउने प्रतिष्ठा छ।
डेक्लान राइसको सानदार २ फ्रिकिक गोल र मिकेल मेरिनोको कर्ल गरिएको स्ट्राइकले रियललाई बेर्नाबेउमा अगाडि बढ्न ३ गोलको घाटा पूरा गर्नुपर्ने स्थितिमा पुर्याएको छ।

रियल जुड बेलिङ्घमले भने, ‘रियल म्याड्रिडले च्याम्पियन्स लिगमा गरिसकेको कुराभन्दा धेरै नयाँ केही गर्नु पर्ने छैन।’
उनले पहिलो लेगमा एकदमै नराम्रो नतिजाको सामना गर्नुपरेको स्मरण गर्दै थपे, जुन हामीले कल्पना गरेकस थिएनौं। त्यसैको सामना गर्यौं । सबैलाई लागिरहेको छ कि हामी फर्कन सक्नेछौं।’
रियलबाट यस्तो अपेक्षा गरिन्छ कि जब हामी यस्तो समस्यामा पर्छौं, तब पनि फर्कन सक्छौं । चाहे त्यो कठिन नै किन नहोस्, उनले अगाडि भने,’ यो क्लबले धेरैपटक यस्तो गरिसकेको छ, यही कुरा क्लबको विशालता दर्शाउँछ र अपेक्षा पनि त्यस्तै हुन्छ।’
रियलका प्रशिक्षक कार्लो एन्चेलोटीले ५ पटक प्रशिक्षकको रुपमा च्याम्पियन्स लिग जितिसकेका छन्।
उनले भने,’यो मेरो पहिलो यस्तो रात होइन । म चाहन्छु यो अन्तिम पनि नहोस्।’
अर्को खेलमा इन्टर मिलान र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा इन्टर २-१ ले विजयी भएको थियो।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]