8 months ago
April 17, 2025
एजेन्सी- आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
रियल म्याड्रिडसँग बुधवार २-१ ले पराजित गर्दै समग्रमा ५-१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो।
पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको थियो। बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए ।
इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि दोस्रो लेगमा जित निकाल्यो । योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ।

अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बायर्न म्युनिखसँग बुधवार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।
पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]