default_image

8 months ago

April 17, 2025

कार्लोस भोलि नआउने

1271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पूर्व निर्धारित समयमा ब्राजिली महान रोबर्टो कार्लोस नआउने भएका छन् । 

पूर्व निर्धारित समयभन्दा एक दिन अघि बिहीवार  आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स (एनएसइएम)  म्यानेजमेन्टले विज्ञप्ति जारी गर्दै कार्लोस वैशाख ५ गते कार्लोस नआउने जानकारी दिएको छ।

अनपेक्षित परिस्थिति र अचानक बिरामी परेका कारण उनी आउन नसकेको बताइएको छ । यद्यपि एनएसएलको फाइनल अघि कार्लोस नेपाल आउने
एनएसइएमले दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ,’ उहाँको प्रतिबद्धता यथावत् रहेको छ र हामी उहाँको टोलीसँग नयाँ मिति तय गर्न सक्रिय रूपमा काम गरिरहेका छौं, जुन हामी चाँडै सार्वजनिक गर्नेछौं।’

पहिलो क्वालिफायरका लागि टिकट फिर्ता गर्न चाहेमा पूरा रकम फिर्ता गरिने आयोजकले जनाएको छ।
विकल्पका रुपमा रोबर्टो कार्लोसको उपस्थितिमा हुने पुनःनिर्धारित खेललाई पनि खरिद गरिसकिएको टिकटलाई स्वीकार गरिने पनि आयोजक ले प्रस्ट गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.