8 months ago
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलमा क्वालिफायर वानमा पुगिसकेको धनगढी एफसी र प्ले अफमा पुग्न संघर्षरत एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफमा चितवनले २-१ को अग्रता बनाएको छ।
क्वालिफायर वानमा पुगिसकको कारण यो नतिजाले खासै फरक नपर्ने भएकोले पनि आज धनगढीले पहिलो ११ मा ८ खेलाडी परिवर्तन गर्यो।
चितवनलाई प्ले अफमा पुग्न कम्तीमा बराबरी नतिजा जरुरी छ। हारले लिग चरणबाट नै बाहिरिने भएकोले गर या मारको स्थितिमा चितवन छ।
मैदान बाहिर भने काठमाडौं चितवनको हारको पर्खाईमा छ। चितवनको हारमा काठमाडौं प्ले अफमा पुग्ने समीकरण छ।
वर्षाबीच सुरु भएको खेलको सातौं मिनेटमा धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीले ४० यार्ड भन्दा टाढाबाट हानेको पावरफुल सट आकर्षक गोलमा परिवर्तन भयो। जारी लिगको यो उत्कृष्ट मध्येको गोल थियो।
तर खेलको १३ औं मिनेटमा शिशिर लेखीले दिएको बलमा छिरिङ गुरुङले क्रस गर्न खोजेको बल अशोक खवासको ह्यान्ड भएको एसिस्टेन्ट रेफ्रीले संकेत गरे।
जसलाई सही मान्दै रेफ्री प्रज्वल क्षेत्रीले सही मान्दै चितवनलाई पेनाल्टीको अवसर दिए। नोडिर माभलोनोभले पेनाल्टीमा कुनै गल्ती गरेनन्। नोडिरको यो जारी लिगमा दोस्रो गोल हो। चितवनले खेललाई १-१ को बराबरीमा पुर्यायो।
खेलको २९ औं मिनेटमा चितवनले खेलमा अग्रता बनाउने मौका गुमायो। नोडिरले करिब ३० यार्ड टाढाबाट हानेको प्रहार गोल पोष्ट नजिकैबाट बाहिरियो। यसपछि ३४ औं मिनेटमा पनि नोडिरले फेरि मौका गुमाए। बक्स बाहिरबाट हानेको प्रहार बाहिरियो।
यसपछि इन्जुरी समयको पहिलो मिनेटमा छिरिङ गुरूङको क्रसमा भिक्टर मानसारेले बललाई कलेक्ट गर्न सकेनन्। क्लोज रेन्जमा रहेका जय गुरूङले गोल गरे। पहिलो हाफमा चितवनले २-१ को अग्रता बनायो।चितवनले आज बराबरी र जितको विकल्प छैन।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]