default_image

8 months ago

April 17, 2025

पहिलो हाफमा चितवनको अग्रता

381 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलमा क्वालिफायर वानमा पुगिसकेको धनगढी एफसी र प्ले अफमा पुग्न संघर्षरत एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफमा चितवनले २-१ को अग्रता बनाएको छ।

क्वालिफायर वानमा पुगिसकको कारण यो नतिजाले खासै फरक नपर्ने भएकोले पनि आज धनगढीले पहिलो ११ मा ८ खेलाडी परिवर्तन गर्यो।

चितवनलाई प्ले अफमा पुग्न कम्तीमा बराबरी नतिजा जरुरी छ। हारले लिग चरणबाट नै बाहिरिने भएकोले गर या मारको स्थितिमा चितवन छ।

मैदान बाहिर भने काठमाडौं चितवनको हारको पर्खाईमा छ। चितवनको हारमा काठमाडौं प्ले अफमा पुग्ने समीकरण छ।

वर्षाबीच सुरु भएको खेलको सातौं मिनेटमा धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीले ४० यार्ड भन्दा टाढाबाट हानेको पावरफुल सट आकर्षक गोलमा परिवर्तन भयो। जारी लिगको यो उत्कृष्ट मध्येको गोल थियो।

तर खेलको १३ औं मिनेटमा शिशिर लेखीले दिएको बलमा छिरिङ गुरुङले क्रस गर्न खोजेको बल अशोक खवासको ह्यान्ड भएको एसिस्टेन्ट रेफ्रीले संकेत गरे।

जसलाई सही मान्दै रेफ्री प्रज्वल क्षेत्रीले सही मान्दै चितवनलाई पेनाल्टीको अवसर दिए। नोडिर माभलोनोभले पेनाल्टीमा कुनै गल्ती गरेनन्। नोडिरको यो जारी लिगमा दोस्रो गोल हो। चितवनले खेललाई १-१ को बराबरीमा पुर्यायो।

खेलको २९ औं मिनेटमा चितवनले खेलमा अग्रता बनाउने मौका गुमायो। नोडिरले करिब ३० यार्ड टाढाबाट हानेको प्रहार गोल पोष्ट नजिकैबाट बाहिरियो। यसपछि ३४ औं मिनेटमा पनि नोडिरले फेरि मौका गुमाए। बक्स बाहिरबाट हानेको प्रहार बाहिरियो।

यसपछि इन्जुरी समयको पहिलो मिनेटमा छिरिङ गुरूङको क्रसमा भिक्टर मानसारेले बललाई कलेक्ट गर्न सकेनन्। क्लोज रेन्जमा रहेका जय गुरूङले गोल गरे। पहिलो हाफमा चितवनले २-१ को अग्रता बनायो।चितवनले आज बराबरी र जितको विकल्प छैन।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.