8 months ago
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ए डिभिजनका अधिकांश क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै महिना गर्ने भनेको लिग कम नटआउट फुटबल प्रतियोगिता नखेल्ने भएका छन् ।
एन्फाको क्यालेण्डरमा नभएको, तयारीका लागि समय अपुग, खेलाडी अभाव, क्लब लाइसेन्सिङको प्रक्रिया अघि नबढेको लगायतका कारण देखाउँदै ए डिभिजनका सामूहिक छलफलबाट वैशाख २० बाट सुरु हुने भनिएको प्रतियोगिता नखेल्ने सहमति भएको बताइएको छ।
३ विभागीय टोली बाहेक ११ टोलीलाई बिहीवार छलफलमा डाकिएको र त्यसमध्ये २ क्लबको प्रतिनिधित्व नभएपनि फोनमार्फत सहमति प्राप्त भएको बताइएको छ।
एएफसी क्लब च्याम्पियनसिपमा नेपालको टोली पठाउने टोलीको छनोटका लागि यो प्रतियोगिता गर्न लागिएको एन्फाले जनाएको थियो।
नियम अनुसार एएफसीको यो प्रतियोगितामा लिग विजेता टोली भाग लिनुपर्ने हो। तर एन्फाले सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न नसकेको झन्डै २ वर्ष भइसकेको छ।
एन्फाले ए डिभिजनका १४ क्लबका प्रतिनिधिको सहभागिता रहको बैठकबाट लिग कम नकआउट गर्ने सहमति भएको बताएको थियो।
फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले तयारीका लागि समय अभाव हुने र क्यालेण्डरमा पनि नभएको प्रतियोगिता नखेल्ने सहमति भएको बताए ।
‘यो क्यालेण्डरमा भएको प्रतियोगिता पनि होइन । एनएसएल र बी डिभिजन लिग चलिरहेको छ । मोफसलको प्रतियोगिताका लागि त महिना दिन अगाडि नै खबर आउँछ। यहाँ त त्यत्ति समय पनि छैन,’ अध्यक्ष शाहले भने, ‘ हाम्रो प्राथमिकता लिग हो । एन्फाले जवरजस्ती प्रतियोगिता गर्न खोज्यो। ‘
सातदोबाटो क्लबका अध्यक्ष कपिल राना मगरले विना योजना नकआउट आयोजना गर्न लागिएको बताए ।
‘ पहिला देखि नै यो प्रतियोगिताका बारेमा हामी क्लबकोबीचमा सल्लाह भएको थियो। पहिला प्लान गर्नु पर्ने विषय हो, उनले भने,’ नटआउट विकल्प होइन । लिग गर्ने क्यालेण्डरमा आयो । तर यो तयारीले खेल्न सकिन्न । क्लबहरुको निर्णयमा हाम्रो सहमति छ।’
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले परिस्थिति अनुकुल नरहेको बताए।
‘ तयारीको लागि समय अभाव भयो । छोटो समयमा विदेशी खेलाडी ल्याउन पनि सम्भव छैन, एन्फाका पझर्व अध्यक्ष समेत रहेका उनले भने,’ न क्लब लाइसेन्सिङ प्रक्रिया अघि बढेको छैन । यस्तोमा खेल्ने सम्भावना छैन।’
जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री लिग नै सबै टोलीको प्राथमिकतामा रहेको बताए । ‘तयारीका लागि समय अभाव, नकआउटका लागि ठूलो खर्च गर्ने अवस्था छैन, एन्फाका केन्द्रिय सदस्य समेत रहेका उनले भने, ‘ मुख्यतः लिग हुनुपर्छ। क्लबहरु लिग खेल्न तयार छन्।’
थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठले चर्च ब्याइज युनाइटेड र मच्छिन्द्र क्लब पनि नखेल्नेमा सहमत भएपछि सबैको एकमत बन्यो ।
अनिल श्रेष्ठले क्लबको ए डिभिजन लिग, राष्ट्रिय लिग हुनु पर्नेमा त्यसको विकल्पमा लिगकम नकआउट गराउन खोजेपछि आफूहरुलाई त्यो मान्य नहुने बताए ।
उनले भने ‘३ महिना मा राष्ट्रिय लिग गराउने निर्णय गरेर अहिले गोल्ड कप जसरी प्रतियोगिता गर्दा फुटबललाई फाइदा हुन्न । सबै क्लबलाई धान्न पनि गाह्रो हुन्छ।
विजेताकै हैसियतमा चर्च ब्वाइज युनाइटेडलाई एएफसी क्लब खेलाउन नपाउने भएपछि विकल्पको रुपमा एन्फाले लिग कम नटआउट आउट गर्न लागेको अधिकांश क्लबको बुझाइछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]