8 months ago
April 18, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा पुगेको छ।
क्वाटरफाइनलको दोस्रो लेगमा बिहीवार लियोनलाई ५-४ ले हराएपछि समग्रमा ७-६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा २-२ को बराबरी भएको थियो।
ओल्ड ट्राफोर्डमा निर्धारित समय २-२ को बराबरीमा टुंगिएपछि अतिरिक्त सयम नाटकिय रह्यो । थप समय ५ गोल भएको थियो।
निर्धारित समयमा २-० को अग्रता जोगाउन नसकेको युनाइटेड थप समयमा २ गोलले पछि परेको थियो । त्यसमा पनि पुनरागमन गर्दै युनाइटेडले अविश्वसनीय जित दर्ता गर्यो। ह्यारी म्याग्वायरले कासेमिरोको क्रसमा हेड गर्दै अन्तिम मिनेटमा निर्णायक गोल गरे।
त्यस अघि म्यानुएल उगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबी मैनूले त्यस अघि गोल गरेका थिए।
लियोनका कोरेंटिन टेलिसो, निकोलस ट्यागलियाफिको, रेयान चेर्की र एलेक्जेन्डर लाकाजेट्टीले गोल गरे । ७१ औं मिनेटमा गोल गरेका टेलियो ८९ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लियोन दबाबमा परेको थियो ।
अन्य खेलमा विजयी हुँदै टोटेनहम, एथलेटिक क्लब र लाजियो सेमिफाइनल पुगेका छन्।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]