8 months ago
April 18, 2025
एजेन्सी – युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।
दुई इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र टोननहमसहित एथलेटिक क्लब र बोडो ग्लिम्टअन्तिम चारमा पुगेका छन्।
क्वाटरफाइनलको दोस्रो लेगमा बिहीवार रेन्जर्सलाई २-० ले हराउँदै स्पेनको एथलेटिक अघि बढेको हो। पहिलो लेगमा गोलरहित बराबरी भएको थियो। टोलीको जितमा ओइहान सान्सेट र निको विलियम्सले गोल गरे ।
बोडो ग्लिम्ट लाजियोलाई पेनाल्टी सुटआउटमा ३-२ हराउँदै अघि बढ्यो। दोस्रो लेगमा लाजियो ३-१ ले विजयी भएपछि समग्रमा ३-३ को बराबरी भएको थियो। पहिलो लेगमा बोडो २-० ले विजयी भएको थियो।
डोमिनिक सोलान्केको गोलमा जर्मनीको आइन्ट्राच्ट फ्र्याङकफर्टलाई १-० ले हराएको टोटेनहम समग्रमा २-१ को अग्रतासहित सेमिफाइनलमा पुगेको छ।

लियोनलाई ५-४ ले हराएपछि समग्रमा ७-६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा २-२ को बराबरी भएको थियो।
ओल्ड ट्राफोर्डमा निर्धारित समय २-२ को बराबरीमा टुंगिएपछि अतिरिक्त सयम नाटकिय रह्यो । थप समय ५ गोल भएको थियो।
निर्धारित समयमा २-० को अग्रता जोगाउन नसकेको युनाइटेड थप समयमा २ गोलले पछि परेको थियो ।
त्यसमा पनि पुनरागमन गर्दै युनाइटेडले अविश्वसनीय जित दर्ता गर्यो। ह्यारी म्याग्वायरले कासेमिरोको क्रसमा हेड गर्दै अन्तिम मिनेटमा निर्णायक गोल गरे।
सेमिफाइनलमा युनाइटेड र एथलेटिक तथा टोटेनहम र बोडोबीच प्रतिस्पर्धा हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]