8 months ago
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
शुक्रबार बाँकेस्थित नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हरायो । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान १-१ गोल गरे ।
आर्मीलाई सुरुवाती अग्रता अनिताले चौथो मिनेटमै दिलाइन् । विमला विकले फ्रिकिकलाई सुदूरपश्चिमकी गोलकिपर सुनैना चौधरीले नियन्त्रण लिन नसकेको फाइदा अनिताले लिँदै सिक्स यार्ड बक्सबाट गोल गरेकी हुन् ।
५१औं मिनेटमा आर्मीले दोस्रो गोल थप्यो । प्राप्त फ्रिकिकलाई प्लेयर अफ द म्याच अनिताले सुन्दर गोलमा परिणत गरिन् । पुर्णिमा टाडीले १८ यार्ड बक्स नजिकै बल हातले छोएपछि रेफ्री कृति शेनले आर्मीलाई फ्रिकिक अवसर दिएकी थिइन् ।
चार मिनेटपछि नै आर्मीकी हिमा चौधरीले गोल गरिन् । शर्मिला थापाले मिलाएको बललाई अगाडी बढाउँदै हेमाले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गर्दै आर्मीलाई सहज अवस्थामा पुर्याएकी थिइन् ।
७७औं मिनेटमा आर्मीले अग्रता ४–० को बनायो । सुदूरपश्चिमकै बासिन्दा तुलासाले बेन्चबाट आएर गोल गरेकी हुन् । सुदूरपश्चिमका खेलाडीले क्लियर गर्न नसकेको बललाई तुलसाले बक्स बाहिरबाटै सानदार गोल गरिन् ।
आर्मीले फाइनल प्रवेशको लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग वैशाख ९ गते खेल्नेछ । यस्तै पुलिस र सिलगुडीबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]