default_image

8 months ago

April 18, 2025

आरसिबीले पन्जाबलाई दियो सामान्य लक्ष्य

1479 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) ले पन्जाब किंग्सलाई ९६ रनको सामान्य लक्ष्य दिएको छ

वर्षाले प्रभावित खेल ढिला सुरु भयो। २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो। पन्जाबले टस जितेर पहिले फिल्डिङ रोज्यो।

आरसिबीले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। तर रोयल च्यालेन्जर्सले निराशाजनक प्रदर्शन गर्यो।

७ विकेट गुमाउँदा उसले मात्र ४२ रन बनायो। अत्यन्त खराब ब्याटिङ गर्दा कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्।

ओपनर फिल साल्ट ४ रनमा अर्का ओपनर विराट कोहली १ रनमा तथा लायम लिभिङ्स्टन ४ रनमा, जितेश शर्मा २ रनमा क्रुनला पाण्ड्या र मनोज भान्डागे १/१ रनको लज्जास्पद स्कोर‌मा‌आउट भए।

कप्तान रजत पाटिदारले २३ रन बनाए। १८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे। सातौं क्रमका टिम डेबिटले भने रोयल च्यालेन्जर्सलाई अत्यन्त कम योगफलमा समेटिनबाट जिगाए।

डेबिटले २६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनी अविजित ५० रनमा क्रिजमा रहे। जसमा अन्तिम ओभरमा डेबिटले २१ रन जोडे। यी दुई बाहेक अन्यले दोहोरो रन छुन सकेनन्।

पन्जाबका बलरहरुको प्रदर्शन सानदार रहयो। अर्षदीप सिंह, मार्को जानसेन,युजभेन्द्र चाहाल र हरपित ब्रारले‌ समान २ विकेट लिए।

आरसिबी र पन्जाबसँग समान ८ अंक रहेको छ। रन रेको आधारमा रोयल च्यालेन्जर्स तेस्रो र पन्जाब चौथो स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.