default_image

8 months ago

April 19, 2025

ललितपुर र धनगढीको पहिलो हाफ बराबरीमा

490 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा साविक विजेता ललितपुर सिटी एफसी र दुई पटकको फाइनलिष्ट धनगढी एफसीबीचको खेल जारी छ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलको छैटौं मिनेटमा ललितपुरका क्रेभेन्स बेल्फोर्टले बक्स बाहिरबाट हानेको पावरफुल सट धनगढीका गोलकिपर वालिद बिरोले बचाए।

खेलको १६ औ मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो। ललितपुरका मणि कुमार लामा र धनगढीका मोहम्मद अल जे बल जित्ने प्रयासमा थिए। धनगढीका मोहम्मदले बल नियन्त्रण लिने क्रममा मणिलाई किक हाने। दुई जना जुधे। मणिले कुनै किसिमको फाउल गरेका थिएनन्। मोहम्मदले मणिले खुट्टाले किक हानेर लागेको नाटक गरेर लडे।

असिस्टेन्ट रेफ्री कुसन कनैयाले रेफ्री उमेश बिडारीलाई सो फाउको बारे जानकरी गराए। रेफ्री बिडारीले ललितपुरका मणिलाई सिधै रातो कार्ड दिए। यो निर्णय प्रति ललितपुतले आपत्ति जनाए पनि मणि मैदान बाहिरिए।

खेलको २६ औं मिनेटमा धनगढीका विवेक पौडेलको लामो थ्रु-पासमा कृतिश रत्न छुन्जुले दुई डिफेन्डरलाई बिट गर्दै गोल किपर जेफ्रि बाल्टोससँगको वान भर्सेस वानमा बक्स भित्रबाट हानेको प्रहार क्रसबार माथीबाट बाहिरियो।

खेलको ४१ औं मिनेटमा दिपेश राईले दिएको बलमा कृतिशको पासमा अहमद हिजाजीले बक्सभित्रबाट हानेको प्रहार आकाशियो। अर्को मौका धनगढीले गुमायो।

पहिलो हाफको इन्जुरी समयमा ललितपुरका क्रेभेन्स बेलफोर्टले बक्स बाहिरबाट हानेको आकर्षक पावरफुल प्रहार थोरैले पोष्ट नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

ललितपुर लिग चरणको खेल सकिंदा एक मात्र अपराजित टिम हो। उसले १२ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहँदै क्वालिफायर वानमा स्थान बनाएको हो। ११ अंक सहित धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायर वानमा पुगेको हो।

यसअघि यी दुई टोलीको ४ प्रतिस्पर्धामा धनगढीले अहिलेसम्म ललितपुरलाफ हराउन सकेको छैन ३ खेलमा बराबरी नतिजा आएको थियो। गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई ३-२ ले हराएको थियो।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.