8 months ago
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी १० खेलाडीमा समेटिए पनि आज धनगढी एफसीलाई २-१ ले माथ दिंदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।
ललितपुर लगातार दोस्रो सिजन फाइनलमा पुगेको गरेको हो। यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ।
खेलको ७४ मिनेट ललितपुर १० खेलाडी खेल्न बाध्य भयो। तर पनि धनगढीलाई चुनौती दिंदै जित आफ्नो पक्षमा पार्न सफल रह्यो। उसको लागि क्रेभेन्स बेलफोर्टले र पापा इबाउ केबेले गोल गरे। धनगढीका जर्ज प्रिन्स कार्कीले गोल गरे।
धनगढीले पाँचौं भेटमा पनि ललितपुरलाई हराउन सकेन। धनगढी क्वालिफायरमा पराजित भएको पहिलो पटक हो। यसअघि दुवै संस्करणको पहिलो क्वालिफायर जित्दै धनगढी फाइनलमा पुगेको थियो।
खेलको छैटौं मिनेटमा ललितपुरका बेल्फोर्टले बक्स बाहिरबाट हानेको पावरफुल सट धनगढीका गोलकिपर वालिद बिरोले बचाए।
खेलको १६ औ मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो। ललितपुरका मणि कुमार लामा र धनगढीका मोहम्मद अल जे बल जित्ने प्रयासमा थिए। धनगढीका मोहम्मदले बल नियन्त्रण लिने क्रममा मणिलाई किक हाने। दुई जना जुधे।
मणिले कुनै किसिमको फाउल गरेका थिएनन्। मोहम्मदले मणिले खुट्टाले अनुहारमा किक हानेर लागेको नाटक गरेर लडे। मणिले त्यस्तो केहि गरेका थिएनन्।
असिस्टेन्ट रेफ्री कुसन कनैयाले रेफ्री उमेश बिडारीलाई सो फाउलको बारे जानकरी गराए। रेफ्री बिडारीले ललितपुरका मणिलाई सिधै रातो कार्ड दिए। यो निर्णय प्रति ललितपुतले आपत्ति जनाए पनि मणि मैदान बाहिरिए। मोहम्मदलाई भने पहेंलो कार्ड मात्र दिइयो।
खेलको २६ औं मिनेटमा धनगढीका विवेक पौडेलको लामो थ्रु-पासमा कृतिश रत्न छुन्जुले दुई डिफेन्डरलाई बिट गर्दै गोलकिपर जेफ्रि बाल्टोससँगको वान भर्सेस वानमा बक्स भित्रबाट हानेको प्रहार क्रसबार माथिबाट बाहिरियो।
खेलको ४१ औं मिनेटमा दिपेश राईले दिएको बलमा कृतिशको पासमा अहमद हिजाजीले बक्सभित्रबाट हानेको प्रहार आकाशियो। अर्को मौका धनगढीले गुमायो।
पहिलो हाफको इन्ज्युरी समयमा ललितपुरका बेल्फोर्टले बक्स बाहिरबाट हानेको आकर्षक पावरफुल प्रहार थोरैले पोष्ट नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
खेलको ५७ औं मिनेटमा १० खेलाडीमा समेटिएको ललितपुरले अग्रता बनायो। बेलफोर्टले बक्स बाहिरबाट हानेको कर्लिङ फ्री-किक प्रहार फार पोष्टमा गोल भयो। ललितपुरले १-० को अग्रता बनायो।
तर यो अग्रता तीन मिनेटपछि नै तोडियो। सर्जियो बारबोजाको कर्नरमा देवेन्द्र तामाङले हेड गरे। ललितपुरका अनन्त तामाङले बल क्लियर गर्ने क्रममा गरेको हेडर जर्ज प्रिन्सको लागि सटिक पास जस्तै बन्यो। जर्जले चेस्ट कन्ट्रोल गर्दै क्लोज रेन्जबाट गोल गरे।

६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे। उनको यो जारी लिगमा दोस्रो गोल हो।
खेलको ७३ औं मिनेटमा धनगढीले सुनौलो मौका गुमायो। लामो थ्रु-पासमा हिजाजीले ललितपुरका डिफेन्डर सनमतोष खत्रीलाई बुट गरे। गोलकिपर जेफ्री बाल्टोसलाई पनि बिट गर्दै हानेको प्रहारलाई सन्तोषले गोल लाइन नजिकैबाट बचाए।
७६ औं मिनेटमा हिजाजी फेरि चुके। गोल किपरसँगको वान भर्सेस वानमा किपर जेफ्रीले बचाइदिए। धनगढीले दुईवटा मौकालाई गोलमा परिणत गर्न नसक्दा ७९ औं मिनेटमा ललितपुरले भने गोल गर्यो।
पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए। चार डिफेन्डरले उनलाई रोक्न सकेनन्। करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो। ललितपुरले २-१ को अग्रता बनायो।
८८ औं मिनेटमा धनगढीका विवेक पौडेलले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ललितपुर २-१ को जितमा फाइनलमा स्थान बनाउन सफल रहयो।
रेफ्रीले फाइनल विसल बजाएपछि केहि समय मैदान तनावपूर्ण बन्यो। धनगढीका काइसेडोले दीपेश घलेलाई धकेले। यसपछि पापे जियाकेटे पनि गए। केहि बेर विवाद भयो। रेफ्रीले कापसेडोलाई सिधै रातो कार्ड दिए। पापेलाई पहेंलो कार्ड दिए। उनको यो दोस्रो पहेंलो कार्ड पाए। अब उनले फाइनल खेल गुमाउनेछन्।
धनगढीका वान मार्टिनेज पनि रेफ्रीको निर्णयमा आपत्ति जनाउन पुगे। उनले पनि पहेलो कार्ड पाए। रेफ्रीको टिमलाई सुरक्षा दिएर ल्याउँदै गर्दा ललितपुरका अनन्त तामाङले पनि असन्तुष्टि जनाए। उनलाई पनि पहेंलो कार्ड रेफ्रीले दिए।
भोलि हुने पहिलो पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ। धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]