8 months ago
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ ।
खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल गर्ने क्लबले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मिहिनेत गर्यौं । तर एनएसएल खेलाउने रेफ्रीको स्तरनै भएन,’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने, ‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्त्वपूर्ण खेलाडीले रातो कार्ड पाएका छन् । यो गलत निर्णयको विरुद्धमा हामीले कडा अपिल गर्नेछौं ।’
पहिलो हाफमै १० खेलाडीमा सिमित भएको ललितपुरले धनगढीलाई २-१ ले हराउँदै प्रतियोगिताको फाइनल पुगेको छ ।
तर रेफ्रीले दुई रातो कार्ड देखाएका कारण फाइनल खेलमा मणि र डियाकिटे उपस्थित हुने छैनन् । रेफ्रीको निर्णयमा अपिल गरेकाले आयोजकबाट निर्णय उल्टिए भने ती खेलाडी उपलब्ध हुनेछन् ।
खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल बेहोरेका ललितपुरका मणिले उल्टै रातो कार्ड पाएका थिए । रेफ्रीकै स्तर र नियतमाथि अन्य टोलीले पनि प्रश्न उठाउँदै आएका छन् ।
यसअघि चितवन र पोखराले पनि सार्वजनिक रुपमै रेफ्रीको आलोचना गरेका थिए । विदेशी रेफ्री ल्याउन माग गरेपनि आयोजकले यसबारे मौन रहँदै आएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]