8 months ago
April 19, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनका लागि छनोट हुने आशालाई बलियो बनाएको छ । सिटीले शनिवार एभर्टनलाई २-० ले हरायो ।
गुडिसन पार्कमा अन्तिम पटक खेल्न पुगेको सिटीले गोलका लागि अन्त्यतिर सम्म संघर्ष गर्यो।८४औं मिनेट निको ओ’रिलीले नजिकबाट गोल गरे ।
एभर्टनको डिफेन्सले लामो समयसम्म सिटीलाई निराश बनाएको थियो। पहिलो गोलपछि अर्को गोलका लागि धेरै समय लागेन ।
परिवर्तित माटेओ कोभासिचले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गर्दै जित निश्चित गरे। ५८ अंकसहित सिटी चौथो स्थानमा पुगेको छ । एभर्टन१३ औं स्थानमा यथावत छ।
शनिवारको अन्य खेलमा ब्रेन्टफोर्डले ब्राइटनलाई ४-२ ले हरायो। वेस्ट ह्याम र साउथह्याम्टनले १-१ तथा क्रिस्टल प्यालेस र बोर्नमाउथले गोलरहित बराबरी खेलेका छन्।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]