default_image

8 months ago

April 20, 2025

बायर्नको जितमा केनको गोल

277 views

0 Bookmark

एजेन्सी – इङ्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो गोल गरेको बुन्डेसलिगा खेलमा बायर्न म्युनिखले हाइडनहाइमलाई शनिवार ४-० ले हराएको छ।‌

३१ वर्षीय केनले माइकल ओलिसेको पासमा १२ औं मिनेटमा पहिलो गोल गरे । जारी सिजन लिगमा उनको त्यो २४औं गोल हो।

कोनराड लाइमरले १९ औं र किङ्स्ली कोम्यानले ३६औं मिनेटमा गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० ले अग्रता लियो ।

जोशुआ किम्मिचले ५६ औं मिनेटमा चौथो गोल गरेपछि बायर्नको जित थप सहज बन्यो । शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको बार्यन उपाधिको थप नजिक पुगेको छ। अब लिग टोलीले ४ खेल मात्र बाँकी छन्।

दोस्रो स्थानको साविक विजेता बायर लेभरकुसेन आइतवार १५औं स्थानको सेंट पाउलीविरुद्ध जित निकाले अंकको अन्तर पुनः ६ अंकमा झार्न सक्छ।

ह्यारी केनले यस सिजन बुन्डेसलिगा र च्याम्पियन्स लिगमा गरी ३५ गोल गरिसकेका छन्। हाइडनहाइम तालिकाको १६औं स्थानमा छ ।

अन्य खेलमा फ्रि बर्गले होफनहाइमलाई ३-२ ले, वेर्डर ब्रेमनले बोचुमलाई १-०ले हरायो । मानिज‌ र वल्फ्सबर्गले २-२ को तथा युनियन बर्लिन र स्टुटगार्टले ४-४ को‌ बराबरी खेलेका छन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.