8 months ago
April 20, 2025
एजेन्सी – इङ्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो गोल गरेको बुन्डेसलिगा खेलमा बायर्न म्युनिखले हाइडनहाइमलाई शनिवार ४-० ले हराएको छ।
३१ वर्षीय केनले माइकल ओलिसेको पासमा १२ औं मिनेटमा पहिलो गोल गरे । जारी सिजन लिगमा उनको त्यो २४औं गोल हो।
कोनराड लाइमरले १९ औं र किङ्स्ली कोम्यानले ३६औं मिनेटमा गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० ले अग्रता लियो ।
जोशुआ किम्मिचले ५६ औं मिनेटमा चौथो गोल गरेपछि बायर्नको जित थप सहज बन्यो । शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको बार्यन उपाधिको थप नजिक पुगेको छ। अब लिग टोलीले ४ खेल मात्र बाँकी छन्।
दोस्रो स्थानको साविक विजेता बायर लेभरकुसेन आइतवार १५औं स्थानको सेंट पाउलीविरुद्ध जित निकाले अंकको अन्तर पुनः ६ अंकमा झार्न सक्छ।
ह्यारी केनले यस सिजन बुन्डेसलिगा र च्याम्पियन्स लिगमा गरी ३५ गोल गरिसकेका छन्। हाइडनहाइम तालिकाको १६औं स्थानमा छ ।
अन्य खेलमा फ्रि बर्गले होफनहाइमलाई ३-२ ले, वेर्डर ब्रेमनले बोचुमलाई १-०ले हरायो । मानिज र वल्फ्सबर्गले २-२ को तथा युनियन बर्लिन र स्टुटगार्टले ४-४ को बराबरी खेलेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]