8 months ago
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा दोस्रो स्थानमा रहेको श्री भगवती क्लबले सहज जित हात पारेको छ।
आज भएको खेलमा श्री भगवतीले नयाँबस्ती युथ क्लबलाई ३-० ले हरायो। एन्फा कम्प्लेक्समा भएको एकपक्षीय खेलमा श्री भगवती क्लबले ३० मिनेटभित्र ३-० को अग्रता बनायो।
तेस्रो मिनेटमा दिवस छन्त्यालले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। त्यसपछि १६ औं मिनेटमा अमित लामाले अग्रता दुगुना गरे।
पहिलो हाफमा सानदार प्रदर्शन गरेको श्री भगवतीले तेस्रो गोल गर्यो। विक्रान्त नरसिंह रानाले गोल गरे। पहिलो हाफमा श्री भगवतीले ३-० को स्पष्ट अग्रता बनायो।
दोस्रो हाफमा पनि नयाँबस्ती खेलमा फर्कन सकेन । दुवै टिमबाट थप गोल नहुँदा खेल ३-० को सहज जित निकाल्यो। यो जितमा श्री भगवतीले १७ अंक बनाएको छ।
लिडर प्लानिङ ब्वाइज भन्दा १ अंकले पछि रहेको छ। तर प्लानिङ ब्वाइजले एक खेल कम खेलेको छ। नयाँबस्ती भने ५ अंक सहित रेलिगेसन जोनमा रहेको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]