8 months ago
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रङ्गशालामा जारी खेलमा पहिलो पटक प्ले अफ खेलिरहेको चितवनका टोरिक जेब्रिन चोट मुक्त भएर फर्किए । उनले कप्तानको जिम्मेवारी निभाए । लिग चरणको खेलमा चितवनले पोखरालाई २-० ले हराएको थियो ।
खेलको सातौं मिनेटमा पोखराले अग्रता बनाउने मौका गुमायो । आयुष घलानको पासमा जो आइडोले बक्सको एजबाट हानेको उत्कृष्ट प्रहारलाई चितवनका गोल किपर अमाल नाइटले पन्च गर्दै बचाए । खेलको १७ औं मिनेटमा पोखराका सुदिल राईको पासमा जो आइडोको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
२५ औं मिनेटमा भने चितवनले राम्रो मौका गुमायो । सुमित श्रेष्ठले बललाई उत्कृष्ट शैलीमा अगाडि बढाए । राम्रो विल्ड अप गरे । तर उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । उनले वक्स भित्र रहेका आफ्नै टिमका खेलाडीलाई पास दिन कन्जुस्याइँ गरे ।
लगतै २८ औं मिनेटमा चितवनका भिक्टर मानसारेको सटिक पासमा टोरिक जेब्रिनले बक्स बाहिरबाट हानेको प्रहार पोखराका गोल किपर गिल्याम प्रिसोले सानदार बचावट गरे । पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।
एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो ।
आजको विजेताले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग फाइनल प्रवेशको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २-१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]