default_image

8 months ago

April 20, 2025

ब्वाइज युनियन पाँचौ स्थानमा उक्लियो

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा उत्कृष्ट कमब्याक गर्दै ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको छ। ब्वाइज युनियनको यो दोस्रो जित हो।

एन्फा कम्प्लेक्समा आज दिनको दोस्रो खेलमा सरस्वतीले २६ औं मिनेटमा अग्रता बनायो। विशेष लामाले गोल गरे। सरस्वती १-० ले अगाडि बढ्यो।

खेलको ३५ औं मिनेटमा ब्वाइज युनियनका दिव्य विक्रम चौधरीले बराबरी गोल फर्काए। पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा सकियो।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल भएन। इन्ज्युरी समयको पहिलो मिनेटमा मिलन लिम्बुले गोल गरे। यो गोल नै निर्णायक बन्दा ब्वाइज युनियनले २-१ को जित हात पार्यो।

ब्वाइज युनियनले सात खेलमा दोस्रो जित निकाल्दै ९ अंकका साथ लिगको पाँचौं स्थानमा उक्लिएको छ। सरस्वतीको यो पाँचौं हार हो। टोली ६ अंक सहित लिगको १२ औं स्थानमा झरेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.