8 months ago
April 20, 2025
एजेन्सी – लियान्द्रो ट्रोसर्डको २ गोलले आर्सनलले १० खेलाडीमा सिमित इप्सविच टाउनलाई ४–० ले हराएको छ ।
बेल्जियन फरवार्ड ट्रोसर्डले १४ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । त्यसपछि गेब्रियल मार्टिनेलीले ३० मिनेटमा दोस्रो गोल थपे।
३२ औं मिनेटमा लाइफ डेभिसले बुकायो साकामाथि ट्याकल गरेपछि रातो कार्ड पाए र इप्स्विच १० खेलाडीमा सिमित भयो।
६९ औं मिनेटमा ट्रोसर्डले अर्को उत्कृष्ट गोल गरे । ईथन नवानेरीको डिफ्लेक्ट भएको प्रहारले अन्तिम २ मिनेट बाँकी हुँदा चौथो गोल गर्यो।
दोस्रो स्थानको आर्सनलको ६६ अंक छ । इप्सविच भने तालिकाको १८औं स्थानमै रह्यो, सुरक्षित क्षेत्रभन्दा १५ अंकले पछि र अब केवल १५ अंकमात्रै खेल्न बाँकी।
इंग्लिस प्रिमियर लिगमा आइतवारको अर्को खेलमा चेल्सीले फुलह्यामलाई २-१ ले हरायो । म्यानचेस्टर युनाइटेडको हारको श्रृंखला रोकिएको छैन । वल्भ्ससँग १-० ले पराजित भएको छ।
चेल्सी पाँचौं स्थानमा उक्लिएको छ। फुलह्यम नवौं स्थानमा छ। समान ३८ अंकसहित युनाइटेड १४ औं र वल्भ्स १५ औं स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]