8 months ago
April 22, 2025
एजेन्सी – नटिङ्घम फरेस्टले टोटनहम हट्स्परमा २-१ को कठिन जितसँगै प्रिमियर लिगको तेस्रो स्थानमा पुनः उक्लिएको छ ।
एलिएट एन्डरसन र क्रिस वुडले पहिलो हाफमा गरेको गोलले नटिङ्घमले तेस्रो खेलमा पहिलो जित निकालेको छ। यस अघि टोलीले दुई खेलमा हार बेहोरेको थियो।
एन्डरसनले पाँचौ र वुडले १६ औं गोल गरेका हुन्। उनको त्यो १९ औं गोल हो।cयद्यपि टोटनह्यामले धेरै समय बलको नियन्त्रणमा रहेको थियो।
स्पर्सले दोस्रो हाफमा दबाब बनाएर रिचार्लिसनमार्फत अन्तिम तीन मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त भएन । टोलीले पाँच खेलमा चौथो हार बेहोरेको थियो।
यो जितसँगै नटिङ्घमले न्यूक्यासल युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीलाई उछिन्दै च्याम्पियन्स लिगको आशा बलियो बनायो । टोटेनहम १६औं स्थानमा छ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]