8 months ago
April 22, 2025
एजेन्सी – नटिङ्घम फरेस्टले टोटनहम हट्स्परमा २-१ को कठिन जितसँगै प्रिमियर लिगको तेस्रो स्थानमा पुनः उक्लिएको छ ।
एलिएट एन्डरसन र क्रिस वुडले पहिलो हाफमा गरेको गोलले नटिङ्घमले तेस्रो खेलमा पहिलो जित निकालेको छ। यस अघि टोलीले दुई खेलमा हार बेहोरेको थियो।
एन्डरसनले पाँचौ र वुडले १६ औं गोल गरेका हुन्। उनको त्यो १९ औं गोल हो।cयद्यपि टोटनह्यामले धेरै समय बलको नियन्त्रणमा रहेको थियो।
स्पर्सले दोस्रो हाफमा दबाब बनाएर रिचार्लिसनमार्फत अन्तिम तीन मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त भएन । टोलीले पाँच खेलमा चौथो हार बेहोरेको थियो।
यो जितसँगै नटिङ्घमले न्यूक्यासल युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीलाई उछिन्दै च्याम्पियन्स लिगको आशा बलियो बनायो । टोटेनहम १६औं स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]