8 months ago
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगको शीर्ष टोली प्लानिङ ब्वाइज शतप्रतिशत जित निकाल्न चुकेको छ।
लगातार ६ खेलमा जित हात पारेको प्लानिङ ब्वाइजलाई आज ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले गोल रहित बराबरीमा रोकेको हो।
एन्फा कम्पलेक्समा भएको खेलमा प्लानिङ ब्वाइज लगातार सातौं जित निकाल्ने दाउमा थियो। तर बिबिसीले त्यसो हुन दिएन।
जारी लिगमा प्लानिङ ब्वाइजले पहिलो पटक अंक बाँड्यो। बराबरीपछि दुई टोलीले समान १ अंक प्राप्त । ७ खेलमा ६ जित र पहिलो बराबरीको नतिजामा १९ अंक बनाएको प्लानिङ ब्वाइज लिगको शीर्षस्थानमा छ।
दोस्रो स्थानमा रहेको श्री भगवतीसँग १७ अंक छ।
बिबिसीको यो तेस्रो बराबरी नतिजा हो। उसले ७ खेलमा २ मा जित, ३ मा बराबरी र २ हार सहित ९ अंक बनाएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]