default_image

8 months ago

April 22, 2025

ललितपुरका मणिले फाइनल खेल्न पाउने!

2148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र धनगढी एफसीबीच भएको पहिलो क्वालिफायर खेलमा रातो कार्ड प्राप्त गरेका मिडफिल्डर मणि लामाले फाइनल खेल्न पाउने भएका छन् ।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटीलाई पत्र लेख्दै मणिले उक्त खेलमा पाएको रातो कार्ड रद्द गर्दै फाइनलका लागि उनी खेल्न योग्य रहेको बताएको छ । एनएसएलले लेखेको पत्रमा उक्त घटनामा मणिको कुनै गल्ती नदेखिएको प्रष्ट पारिएको छ ।

धनगढीविरुद्ध खेलको १५ औं मिनेटमा मोरक्कोका मिडफिल्डर मोहमद अल जाउनीले ललितपुरका मणिमाथि फल गर्दा रेफ्रीले मणिलाई रातो कार्ड दिँदै मोहमदलाई भने पहेंलो कार्ड मात्र देखाएका थिए । उक्त घटनामा फिफा रेफ्री उमेश विडारीमाथि भने एनएसएलले आन्तरिक समिक्षाका साथै अनुसन्धान पनि सुरु गरेको बताएको छ ।

यसबाहेक क्लबले डिफेन्डर पाप ज्याकिटेको रातो कार्डका लागि गरेको अपिल भने असफल भएको छ । रेफ्री विडारीले खेल सकिएपछि आक्रोशित देखिएका ज्याकिटेलाई दोहोरो पहेंलो कार्ड देखाउँदै रातो कार्ड दिएका थिए ।

एनएसएलले यससँगै ललितपुरको ओनर बक्समा अनुशासन कायम राख्न पनि भनेको छ । आयोजकले क्लबले अपिल गर्ने क्रममा प्रयोग भएको भाषालाई पनि रचनात्मक राख्न आग्रह गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.