default_image

8 months ago

April 23, 2025

म्यानचेस्टर सिटी पुनः तेस्रो स्थानमा उक्लियो

509 views

0 Bookmark

एजेन्सी – माथियस नुनेसले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा मंगलवार म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २-१ ले हराएको छ।

यो जितले सिटीको युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनेको छ ।

नुनेसले इन्ज्युरी समयको चौथो मिनेटमा जेरिमी डोकुको पासमा निर्णायक गोल गरे। जुन सिटीका लागि प्रिमियर लिगमा पहिलो गोल हो। पेप ग्वार्डिओलाको टोलीले खेलभरि दिएको दबाबले सफल‌ अन्त्य गर्यो।

खेलको सातौं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे ।‌

त्यसपछि रुबेन डियासले ज्याकब राम्सेलाई फाउल गरेपछि मार्कस रास्फोर्डले १८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे।

दोस्रो हाफमा सिटीले थप दबाब बनायो। ओमार मार्मुशले गोल गरे तापनि अफसाइडको झण्डा उठेपछि त्यो अमान्य ठहरियो। तर भिल्लाको रक्षापंक्ति पाँच मिनेटको इन्जुरी टाइमसम्म टिक्न सकेन।

यो जितपछि ६१ अंकसहित सिटी तालिकाको तेस्रो स्थानमा पुगेको छ । एक खेल कम खेलेका चौथो स्थानको नटिंघम फरेस्टभन्दा १ अंक र पाँचौं स्थानको न्युक्यासल युनाइटेडभन्दा २ अंकले अगाडि छ।

सातौं स्थानमै यथावत छन् भिल्ला शीर्ष पाँच स्थानभन्दा दुई अंकले पछि छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.