8 months ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशाला आइपुगेका छन्।
नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो क्वालिफायरमा विशेष अतिथिको रुपमा कार्लोस रंगशाला पुगेका हुन्।
धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल सुरु हुनुअघि कार्लोसले मैदानमा पुगेर दुवै टोली खेलाडीलाई शुभकामना दिए।
उनले खेलका रेफ्री प्रज्वल क्षेत्रीलाई बल हस्तान्तरण पनि गरे। उनले पूरै खेल अवलोकन गर्ने बताइएको छ । रंगशालामा कार्लोस स्ट्यान्ड पनि बनाइएको छ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स इभेन्ट एन्ड म्यानेजमेन्टले कार्लोसलाई नेपाल ल्याएको हो। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र रोबर्टो कार्लोसबीच भेटवार्ता भएको थियो।
दुई दिने भ्रमणमा आएका कार्लोस आज मध्यरातमा फर्कनेछन्। ब्राजिलले सन् २००२ मा पछिल्लो पटक विश्व कप जित्दा कार्लोस टोलीका सदस्य थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]