8 months ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशाला आइपुगेका छन्।
नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो क्वालिफायरमा विशेष अतिथिको रुपमा कार्लोस रंगशाला पुगेका हुन्।
धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल सुरु हुनुअघि कार्लोसले मैदानमा पुगेर दुवै टोली खेलाडीलाई शुभकामना दिए।
उनले खेलका रेफ्री प्रज्वल क्षेत्रीलाई बल हस्तान्तरण पनि गरे। उनले पूरै खेल अवलोकन गर्ने बताइएको छ । रंगशालामा कार्लोस स्ट्यान्ड पनि बनाइएको छ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स इभेन्ट एन्ड म्यानेजमेन्टले कार्लोसलाई नेपाल ल्याएको हो। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र रोबर्टो कार्लोसबीच भेटवार्ता भएको थियो।
दुई दिने भ्रमणमा आएका कार्लोस आज मध्यरातमा फर्कनेछन्। ब्राजिलले सन् २००२ मा पछिल्लो पटक विश्व कप जित्दा कार्लोस टोलीका सदस्य थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]