default_image

8 months ago

April 23, 2025

धनगढी र पोखराको पहिलो बराबरीमा

436 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्।

दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। पहिलो हाफको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीको पासमा दीपेश राईले बक्सभित्रबाट हानेको पावरफुल प्रहारलाई पोखराका गोलकिपर गियाल्मो प्रिसोले बचाए।

धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी २-१ ले पराजित भएको थियो। तेस्रो संस्करणमा पहिलो पटक धनगढी क्वालिफायरमा हारेको हो।

लिग चरणमा भने ३ जित २ बराबरी र १ हार सहित ११ अंक सहित धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो।

पोखरा थन्डर्सले भने इलिमिनेटरमा एफसी चितवनलाई ३-० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो। लिग चरणमा सुरुवाती दुई खेल हारेपछि पोखरा अपराजित रहेको छ।

आजको खेलको विजेताले शनिवार साविक विजेता ललितपुर सिटी एफसीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.