8 months ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले अफबाट नै बाहिरिन बाध्य भयो।
फाइनल पुग्ने दुवै टिमको लागि यो अन्तिम मौका हो। तर दुवै टिमले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। दुवै टिमले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। पहिलो हाफको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीको पासमा दीपेश राईले बक्सभित्रबाट हानेको पावरफुल प्रहारलाई पोखराका गोल किपर गियाल्मो प्रिसोले बचाए।पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
खेलको ५९ औं मिनेटमा पोखराका स्टेफन समिर बिनोङले बक्सभित्रबाट हानेको प्रहार क्रस बार नजिकैबाट बाहिरियो।
६४ औं मिनेटमा पनि पोखराले मौका गुमायो। आयुष घलानको लङ क्रसमा सुदिल राईलर हेडर पासलाई स्टेफन बिनोङले कनेक्ट गर्न सकेनन्। सो बल भने धनगढीका मोहम्मद अल जेलाई लागेर पोष्ट तर्फ गएको बलालाई धनगढीका गोल किपर वालिद विरोले बचाए। संभावित आत्मघाती गोललाई किपरले रोके।
८१ औं मिनेटमा पनि सुदिल राईको प्रहारमा गोल किपर वालिद बाधक बने। ८३ औं मिनेटमा पोखरा दश जनामा समेटियो। धनगढीका सर्जियो बारबोजालाई गौरव श्रेष्ठले फाउल हाने। रेफ्री प्रज्वल क्षेत्रीले दोहोरो पहेंलो कार्ड पाए। उनी मैदान बाहिरिंदा पोखरा दश जनामा समेटियो।

८८ औं मिनेटमा धनगढीका जर्ज प्रिन्स कार्कीको लङ रेन्ज प्राहारलाई पोखराका किपर प्रिसोले फुत्काए। सो बल अहमद हिजाजीले प्रहार गर्नुअघि नै किोर प्रिसोले कलेक्ट गरे। निर्धारित नब्बे मिनेटको खेल गोल रहित बराबरीमा सकियो।
थप गरिएको ६ मिनेटको इन्जुरी समय पोखराको लागि दुखद रहयो। इन्जुरी समयको तेस्रो मिनेटमा आयुष घलानको लेफ्ट फुटेट कर्लिङ कर्नर प्रहारमा बिनोङको हेडरले सही दिशा लियो । गोलरक्षक वालिदले बललाई हात लगाएपनि पोस्टबाहिर राख्न सकेनन् । यो सँगै पोखरा धनगढीलाई १-० को जार चखाउँदै फाइनलमा पुग्न सफल रहयो ।
धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी २-१ ले पराजित भएको थियो । तेस्रो संस्करणमा पहिलो पटक धनगढी क्वालिफायरमा हारेको हो । लिग चरणमा भने ३ जित २ बराबरी र १ हार सहित ११ अंक सहित धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।
पोखरा थन्डर्सले भने इलिमिनेटरमा एफसी चितवनलाई ३-० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो । लिग देस चरणमा सुरूवाती दुई खेल हारेपछि पोखरा अपराजित रहेको छ ।
शनिबार फाइनल खेल शनिबार हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]