8 months ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्ज रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज रौतहट फुटबल संघको टोलीलाई ३-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।
एपिएफले अन्तिम १७ मिनेटमा गोल गर्दै फाइनलमा यात्रा तय गरेको हो। टोलीका लागि अनिता केसी, निशा ठोकर र सविता राना मगरले गोल गरिन् ।
७३ औ मिनेटमा अनिताको गोलबाट एपिएफले अग्रता लियो। ८० औं मिनेटमा एपिएफकी निशा गोल गर्दै अन्तर दोब्बर पारिन् । अन्तिम मिनेटमा सविताले गोल गर्दै अन्तर बढाइन्।

एपिएफकी अनिता केसी प्लेयर अफ दि म्याच घोषित भइन्। उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् । एपिएफले शुक्रवार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खल्नेछ ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस अन्तिम दुईमा पुगेको थियो। एपिएफले गत वर्ष लिगसहित ३ वटा उपाधि जितेको थियो।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा जारी प्रतियोगिताको विजेताल ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]