default_image

8 months ago

April 24, 2025

आर्सनल रोकिँदा लिभरपुल सहज

580 views

0 Bookmark

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा बुधवार बराबरी रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ।

घरेलु मैदानमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो। लिभरपुललाई उपाधिबाट केवल १ अंक टाढा छ ।

इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो। तर अब लिभरपुलले आइतवार टोटनहम हट्सपरसँग नहार्ने हो भने उपाधि पक्का गर्न सक्छ।

प्यालेसले कुनै पनि समय अग्रता लिन सकेन ।‌ यद्दपी टोलीले जुझारु प्रदर्शन गर्यो । आर्सनलले दुई पटकको अग्रतालाई जोगाउन सकेन।

तेस्रो मिनेटमा याकुब किभिओरको गोलमा आर्सनलले अग्रता लिएपनि एबेरेचि एजेले २७ औं‌ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि ४२ औं मिनेटमा लेयाण्ड्रो ट्रोसार्दको गोल गरेपछि आर्सनलले पहिलो हाफमा २-१ को अग्रता बनायो।

८३ औं मिनेटमा प्यालेसका परिवर्तित खेलाडी जीन-फिलिप माटेटाले बराबरी गोल गरे। आर्सनलका विलियम सालिबाको गल्तीमा माटेटाले बल‌ पाए त्यसमा गन‌ मौका चुकाएनन् ।

यो बराबरीपछि ६७ अंकमा रहेको आर्सनल लिभरपुल १२ अंक पछाडि छ । प्यालेस भने १२औँ स्थानमा छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.