default_image

8 months ago

April 24, 2025

आर्सनल रोकिँदा लिभरपुल सहज

589 views

0 Bookmark

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा बुधवार बराबरी रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ।

घरेलु मैदानमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो। लिभरपुललाई उपाधिबाट केवल १ अंक टाढा छ ।

इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो। तर अब लिभरपुलले आइतवार टोटनहम हट्सपरसँग नहार्ने हो भने उपाधि पक्का गर्न सक्छ।

प्यालेसले कुनै पनि समय अग्रता लिन सकेन ।‌ यद्दपी टोलीले जुझारु प्रदर्शन गर्यो । आर्सनलले दुई पटकको अग्रतालाई जोगाउन सकेन।

तेस्रो मिनेटमा याकुब किभिओरको गोलमा आर्सनलले अग्रता लिएपनि एबेरेचि एजेले २७ औं‌ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि ४२ औं मिनेटमा लेयाण्ड्रो ट्रोसार्दको गोल गरेपछि आर्सनलले पहिलो हाफमा २-१ को अग्रता बनायो।

८३ औं मिनेटमा प्यालेसका परिवर्तित खेलाडी जीन-फिलिप माटेटाले बराबरी गोल गरे। आर्सनलका विलियम सालिबाको गल्तीमा माटेटाले बल‌ पाए त्यसमा गन‌ मौका चुकाएनन् ।

यो बराबरीपछि ६७ अंकमा रहेको आर्सनल लिभरपुल १२ अंक पछाडि छ । प्यालेस भने १२औँ स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.