default_image

8 months ago

April 24, 2025

लिग कम नकआउट गर्ने एन्फाको प्रयास असफल , ४ क्लब मात्रै दर्तामा

1217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ।

वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए।

क्लबहरू नै इच्छुक नभएपछि यो प्रतियोगिता नहुने भएको हो। यदि क्लबले खेल्न चाहेको खण्डमा भने एन्फा तयार रहेको प्रवक्ता शाहले बताए।

तर, ए डिभिजनका अधिकांश क्लबले खेल्ने वातावरण नरहेकोले नकआउट प्रतियोगिता नखेल्ने सामूहिक सहमति गरेका थिए।

गत चैत २५ गते एन्फामा सम्पन्न बैठकमा एन्फा पदाधिकारी र ए डिभिजनका १४ क्लबहरूबीच प्रतियोगिताका लागि सहमति भएको बताइएको थियो। प्रतियोगिता वैशाख २० गतेदेखि हुने तय भएको थियो।

यो प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भनिएको थियो। तर प्रतियोगिता नै रद्द भएको छ। गत संस्करण भने चर्च ब्वाइजले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको थियो।

चर्च ब्वाइजले २०८० मा ४४ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.