8 months ago
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ।
वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए।
क्लबहरू नै इच्छुक नभएपछि यो प्रतियोगिता नहुने भएको हो। यदि क्लबले खेल्न चाहेको खण्डमा भने एन्फा तयार रहेको प्रवक्ता शाहले बताए।
तर, ए डिभिजनका अधिकांश क्लबले खेल्ने वातावरण नरहेकोले नकआउट प्रतियोगिता नखेल्ने सामूहिक सहमति गरेका थिए।
गत चैत २५ गते एन्फामा सम्पन्न बैठकमा एन्फा पदाधिकारी र ए डिभिजनका १४ क्लबहरूबीच प्रतियोगिताका लागि सहमति भएको बताइएको थियो। प्रतियोगिता वैशाख २० गतेदेखि हुने तय भएको थियो।
यो प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भनिएको थियो। तर प्रतियोगिता नै रद्द भएको छ। गत संस्करण भने चर्च ब्वाइजले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको थियो।
चर्च ब्वाइजले २०८० मा ४४ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]