default_image

8 months ago

April 25, 2025

एपिएफ लुम्बिनी कप च्याम्पियन

994 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नेपालगन्ज रंगशालामा नेपाल पुलिस क्लबलाई शुक्रवार १-० ले पराजित एपिएफ विजयी भएको हो। इन्ज्युरी समयमा गीता रानाले गरेको हेड गोलमा एपिएफलाई विजयी बन्यो । गीता प्लेयर अफ द फाइनल घोषित भइन् ।

विजेता एपिएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।
यो एपिएफको महिला फुटबलमा वर्षको‌ पहिलो उपाधि हो । गत वर्ष लिगसहित ३ वटा उपाधि जितेको थियो।

एपिएफकी प्रशिक्षक भगवती थापाले फाइनलमा टोलीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको र पुलिसले कडा चुनौती दिएको बताइन् ।

एपिएफकी कप्तान अनिता बस्नेत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुलिसकी उषानाथ उत्कृष्ट गोलकिपर, एपिएफकी गिता राना उत्कृष्ट डिफेन्डर, सुरु लिम्बु उत्कृष्ट मिडफिल्डर, अनिता केसी उत्कृष्ट फरवार्ड र भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.