default_image

8 months ago

April 25, 2025

एनएसएल फाइनल – ललितपुरलाई पोखराको चुनौती

509 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्।

दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ ।

दुई टोली फरक यात्राबाट फाइनल पुगेका हुन्। अपराजित रहँदै अंक तालिका शीर्षस्थानमा रहको ललितपुरले पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई माथ दिएको थियो।
अर्कोतर्फ सुरुवाती दुई खेलमा हार बेहोर्दै पोखरामा फितलो यात्रा तय गर्यो।

पोखराले दमदार पुनरागमन गर्दै काठमाडौ रेजर्सलाई गोल अन्तरमा पछि पार्यो। चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो। त्यसपछि उसले इलिमिनेटरमा चितवनलाई हरायो। दोस्रो क्वालिफायरमा धनगढीमाथि जित निकाल्दै पहिलो पटक फाइनल पुग्यो ।

पोखरा थन्डर्सका प्रशिक्षक सुमन श्रेष्ठले फाइनल प्रवेश गर्नु गौरवको विषय भएको बताए। ‘अन्ततः हामी फाइनलमा पुग्यौं, धेरै खुसी छौं। टोली आत्मविश्वासले भरिएको छ। टोली शारीरिक र मानसिक रूपमा तयार पनि छ,’ श्रेष्ठले भने।

उनले थपे, ‘ललितपुर बलियो टोली हो, त्यसअनुसार योजना बनाएका छौं। हामी योजनालाई राम्रोसँग कार्यान्वयन गर्नेमा विश्वस्त आशामा छौं।’

लिग चरणमा ललितपुरसँग ३-२ ले हारको स्मरण गर्दै श्रेष्ठले आफ्नो टोली निकै सुधारिएको बताए। ‘त्यो खेलपछि टोलीमा धेरै सुधार आएको छ। हाम्रो टोली प्रत्येक खेलसँगै बलियो हुँदै आएको छ, जुन ठूलो उपलब्धि हो,’ उनले विश्वास छ ।

श्रेष्ठले लिगको रेफ्रीको स्तरप्रति पनि चिन्ता व्यक्त गरे। विशेष गरी ललितपुरका मणि कुमार लामाको रातो कार्ड खारेज गरिएको प्रसङ्ग उल्लेख गर्दै।

‘एनएसएलले खेलाडी र प्रशिक्षकलाई राम्रो अवसर दिएको छ, तर रातो कार्डको निर्णय भ्रमित बनाउने खालको छ। गल्ती भएको हो भने रेफ्रीमाथि के कारबाही गरियो? यस्ता विषयमा स्पष्टता आवश्यक छ,’ उनले थपे।

ललितपुरका मुख्य प्रशिक्षक साइमन निकोलस ग्रेसन आत्मविश्वास र संयमित देखिएका छन्। ‘हामीले पर्याप्त विश्राम पायौं, तयारी राम्रो छ, र टोली मानसिक तथा शारीरिक रुपमा तयार छ। उपाधि रक्षा गर्न उत्साहित छौं,’ उनले भने।

मणिको प्रकरणबारे बोल्दै ग्रेसनले भने, ‘त्यसबेला निर्णय स्पष्ट थिएन, तर हामीले अपिल जित्यौं। उनी नभएको भए हाम्रो योजना कठिन हुने थियो। उनी हाम्रो मुख्य खेलाडी हुन्।’

ललितपुरका कप्तान अनन्त तामाङले भने, ‘ हामीले पहिलो क्वालिफायरपछि ५–६ दिन विश्राम पायौं, तयारी राम्रो छ। म सधैं खेलाडीबीचको सम्बन्ध बलियो बनाउने प्रयास गर्छु, त्यसको फल नतिजामा देखिन्छ।’

अनन्तले पोखराको प्रदर्शनमा सुधार भएको स्वीकारे। ‘पोखरा प्रत्येक खेलसँगै सुधारिएर बलियो प्रतिद्वन्द्वी बनेको छ। हामीले उनीहरूको कमजोरी विश्लेषण गरेका छौं र त्यहीमा ध्यान दिनेछौं, ‘ मणिको कार्डबारे निर्णयलाई स्वागत गर्दै उनले थपे, ‘यो निर्णय हाम्रो लागि मात्र होइन, समग्र नेपाली फुटबलको लागि सकारात्मक संकेत हो।’

ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ। जारी लिगमा एकरूपताको प्रदर्शन उसको बलियो पक्ष हो। पोखरा पहिलो पटक च्याम्पियन बन्ने होडमा छ। उसले पछिल्लो समय निकालेको नतिजा र टिमको निरन्तरको जितलाई बलियो पक्ष मान्न सकिन्छ।

पोखराको यात्रा

पोखराले लिग चरणको सुरुवात चितवनसँग २-० को हारबाट गर्यो। त्यसपछि ललितपुरसँग ३-२ को झिनो अन्तरमा पराजित भयो । काठमाडौंमाथि २-० को जितले पुनरागमनको संकेत देखायो। धनगढी (०-०) र झापा (१-१)सँग बराबरी खेलेपछि बुटवलमाथि २-० को जित निकाल्दै लिग चरण सुखद रुपमा पूरा गर्यो।

२ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अंक जोड्दै गोलअन्तरको आधारमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्ने चौथो टोली बन्यो।

इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिंदै ३-० को जित निकाल्यो। दोस्रो क्वालिफायरमा धनगढीलाई १-० ले हराउँदै पोखराले चफाइनलमा स्थान सुरक्षित गर्‍यो।

ललितपुरको यात्रा

ललितपुरले लिगको सुरूवात काठमाडौंसँग २-२ को बराबरीबाट गर्यो त्यसपछि पोखरामाथि ३-२ को रोमाञ्चक जित निकाल्यो। धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २-१, बुटवलविरुद्ध २-० को जित, र झापासँग १-१ को बराबरी गर्दै लिग चरणमा अपराजित रह्यो।

३ जित र ३ बराबरीसहित १२ अंक जोड्दै ललितपुरले अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुग्यो। धनगढीलाई २-१ ले हरायो र फाइनलमा पुने पहिलो टोली बन्यो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.