default_image

8 months ago

April 26, 2025

पहिलो हाफमा ललितपुरको अग्रता

657 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा अहिले साविक विजेता ललितपुर सिटी एफसी र सामना पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्सबीच खेल जारी छ।

पहिलो हाफमा पापा इबाउ केबेको गोलमा ललितपुरले १-० को अग्रता बनाएको छ। दशरथ रंगशालामा आज एनसेलको सबैभन्दा बढी दर्शकको उपस्थिति रहेको छ।

तुलनात्मक रूपमा पहिलो हाफमा पोखराले बढी मौका सिर्जना गर्यो। तर ललितपुर गोल गर्न सफल रह्यो।खेलको १४ औं मिनेटमा पापा इबाउ केबेको प्रहार क्रसबार माथीबाट बाहिरियो।

२३ औं मिनेटमा पोखराका सुदिल राईको क्रस ललितपुरका डिफेन्डरलाई लागेर रिबाउन्डमा आएको बललाई कप्तान आयुष घलानले बकमस बाहिरबाट हानेको प्रहारले सही दिशा लिन सकेन।

२७ औं मिनेटमा पोखरा फेरि चुक्यो। जो आइडोको फ्रि-किकमा स्टेफन समिर बिनोङको पावरफुल सट पोष्ट नजिकैबाट बाहिरियो।

३४ औं मिनेटमा आयुष घलानले दिएको थ्रु-पासमा स्ट्राइकर बिनोङले प्रहार गर्नपर्ने बललाई कन्ट्रोल गर्न खोजे। ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले सो बललाई क्लियर गरिदिए।

पोखराको निरन्तरको प्रयास सफल हुन सकेन्। यता ललितपुरले ४२ औं मिनेटमा अग्रता बनायो। मनोज राईको क्रसलाई होलकिपर प्रिसोले जम्प गरेर पन्च गर्न खोजे। तर उनी सफल नहुँदा पापा इबाउ केबेको हेडरले सही दिशा लियो। पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो।

ललितपुर एनएसएलमा नै १० खेलमा अपराजित छ। उत्कृष्ट लयमा रहेको ललितपुरलाई पहिलो हाफमा पोखराले चुनौती दिएको छ। पोखरा पछिल्लो ६ खेलमा अपराजित रहेको छ।

आजको विजेताले उपाधिसँगै ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.